News Category 2070/10/03
फोरम नेपाल सप्तरीको विवाद सतहमा
दैनिक संवाददाता
राजविराज, २ माघ ।
संबिधानसभा निर्वाचनपछि मधेशी जनअधिकार फोरम नेपाल सप्तरी भित्र बढ्ेको बिवाद सतहमा आएको छ ।
पार्टी सप्तरीका अध्यक्ष मो. युसुफ अलीले पदबाट राजीनामा दिएपछि पार्टीको सम्पुर्ण जिम्मेवारी पार्टीका उपाध्यक्ष दिनेश कुमार यादवले सम्हालेको भन्दै फोरम सप्तरीका सचिव उमेश प्रसाद यादवले बिज्ञप्ती मार्फत जानकारी गराएको भोलीपल्ट बिहीबार अध्यक्ष युसुफले बिज्ञप्ती जारी गरी त्यसको प्रतिबाद गरेपछि बिवाद सतहमा आएको हो ।
अध्यक्ष युसुफद्वारा जारी बिज्ञप्तीमासंबिधानसभा निर्वाचनमा पराजय भोगेको कारण नैतिकताको आधारमा नभई पार्टीका केही केन्द्रीय नेताहरुको व्यवहार र गुटबन्दीका कारण कार्यसमितिका पदाधिकारी, सदस्यहरु, पाँच जना क्षेत्रीय अध्यक्ष तथा पदाधिकारी र केही भातृ संगठनका प्रमुखसहित आफुले केन्द्रमा राजीनमा पठाएको भन्दै केन्द्रबाट राजीनामा स्वीकृत नहुन्जेलसम्म नैतिकताको आधारमा आफुले नै अध्यक्षको जिम्मेवारी बहन गर्दै आएको उल्लेख गर्नुभएको छ ।
संबिधानसभा निर्वाचनमा जिल्लामा समानुपातिकतर्फ २४ हजार ४ सय ५९ मत प्राप्त गरी राजनीतिक दलमध्ये दोश्रो तथा मधेशबादी दलमध्ये प्रथम मत प्राप्त गरेको र सोही आधारमा जिल्लामा गठन भएको मधेशी मोर्चाको संयोजक आफुलाई चयन गरेको भन्दै अध्यक्ष युसुफद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
सचिव यादवद्वारा जारी बिज्ञप्तीको आधारमा भ्रममा नपर्न आग्रह गर्दै अध्यक्ष युसुफले बिधान बिपरित काम गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याइनेछ बिज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ