News Category 2075/09/02
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
दैनिक समाचारदाता
सर्लाही, २ पुस ।
सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिका ५ पकडी टोल निवासी प्रमोद चौधरीको नयाँ बन्दै गरेको हिरो इँटाभट्टाको लागि धुवाँ निस्कने चिम्नी बनाउने क्रममा माथिबाट लड्दा भारत बिहार सितामढी जिल्ला सोनवर्षा थाना ग्राम पञ्चायत घुरघुरा बेला टोल निवासी ५० वर्षीय श्यामसुन्दर ठाकुरको मृत्यु भएको छ । मृतक ठाकुर २० फिट माथिबाट लड्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै ट्र्याक्टरले ठक्कर दिँदा एक बरहथवामा एक वृद्धको ज्यान गएको छ । ना ६ त ९८४५ नं को ट्र्याक्टरले बरहथवा नगरपालिका ९ बस्ने ८२ वर्षीय हर्कबहादुर सार्कीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएको थियो ।
प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ट्र्याक्टर र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ