News Category 2070/10/04
क्षेत्रीय कराते छनौट प्रतियोगिताको सम्पुर्ण तयारी
दैनिक संवाददाता
राजविराज, ३ माघ ।
राजविराजस्थित रंगशालामा माघ ४ गतेदेखि ६ गतेसम्म हुने पूर्वाञ्चल क्षेत्रीय कराते छनौट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।
नेपाल सितेरियो कराते संघ सप्तरीले शुक्रवार राजविराजमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका लागि सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।
पुर्वाञ्चल क्षेत्रीय कराते छनौट प्रतियोगिताका लागि भोजन व्यवस्थापन, फिल्ड व्यवस्थापन, बास व्यवस्थापन, प्रचार प्रसार तथा अनुगमन उपसमितिहरु गठन गरिएको जानकारी दिदै नेपाल सितेरियो कराते संघ सप्तरीका अध्यक्ष बिजयमान थापाले प्रतियोगिता सम्पन्न गर्न लाग्ने आर्थिक सहयोगहरु सरकारी तथा गैरसकारी निकायका साथै स्थानिय व्यापारी, बुद्धिजिवीहरबाट संकलन भईरहेको बताउनुभयो ।
सो प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउँदै नेपाल सितेरियो कराते संघ सप्तरीका सचिव संजय परियारले नेपाल कराते महासंघबाट रु. १ लाख २० मात्र प्राप्त भएकाले स्थानिय स्तरबाटै आर्थिक संकलन गरेर प्रतियोगिता सम्पन्न गर्न लागेको जानकारी दिनुभयो ।
उक्त प्रतियोगितामा पुर्वाञ्चलका १६ जिल्लाबाट महिला १ सय ६० र पुरुष १ सय ७६ खेलाडी, टिम व्यवस्थापक र निर्णायक गरी ४ सय जनाको सहभागिता रहने अनुमान गरिएको सचिव परियारले बताउनुभयो ।
नेपाल कराते महासंघको आयोजनामा आगामी माघ ९ गतेदेखि ११ सम्म हुने प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनशिप अन्तर्गत ४० औं राष्ट्रिय कराते प्रतियोगिताका लागि खेलाडी छनौटका लागि पुर्वाञ्चल क्षेत्रीय छनौट प्रतियोगिता गर्न लागेको होे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ