News Category 2070/10/06
मधेश आन्दोलनको उपलब्धी संस्थागत नभएको प्रति मोर्चाका नेताहरुद्वारा चिन्ता ब्यक्त
दैनिक संवाददाता
राजविराज, ५ माघ ।
मधेश आन्दोलनका क्रममा शहिद भएकाहरुको सम्झनामा मधेशबादी दलहरुले गठन गरेको मधेशी मोर्चा सप्तरीले आईतवार राजविराजस्थित नगरसभाहलमा बलिदानी दिवस मनाएका छन् ।
मधेशी मोर्चा सप्तरीद्वारा आयोजित बलिदानी दिवस कार्यक्रममा जिल्लास्थित मधेशबादी दलका नेताहरुले मधेश आन्दोलनबाट प्राप्त भएका उपलब्धीहरु संस्थागत नभएको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
दोश्रो मधेश आन्दोलनको सात बर्ष बितिसक्दा पनि मधेश र मधेशी जनताको हक अधिकार सुनिश्चित नभएको प्रति चिन्ता ब्यक्त गर्दै मधेशी जनताको अधिकार सुनिश्चित नभए आन्दोलनका लागि तयार रहन केन्द्रीय नेताहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रममा मधेशी मोर्चाका नेताहरुले जिल्लाको समग्र विकाससँगै जिल्लामा हने भ्रष्टाचारलाई निरुत्साहित गर्न प्रतिबद्ध रहेको घोषणा गर्दै बलिदानी दिवसका दिन सार्वजनिक बिदाको व्यवस्था गर्न सरकारसँग माग गर्ने बताएका छन् ।
मधेशी मोर्चा सप्तरीका संयोजक मो. युसुफ अलीको अध्यक्षतामा आयोजित बलिदानी दिवस कार्यक्रममा मधेशी जनअधिकार फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साहले मधेश आन्दोलनबाट प्राप्त भएको संघीयता अझै संस्थागत हुन नसकेको प्रति चिन्ता ब्यक्त गर्नुहुँदै संबिधानसभामा संघीयता पक्षधर शक्ति नै पराजय भएकाले संघीयता संस्थागत हुनेमा शंका रहेको बताउनुभयो ।
कार्यक्रममा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक सप्तरीका अध्यक्ष शैलेश चौधरी, सद्भावना पार्टीका नेता दिनेश कुमार यादव, राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीका संयोजक गजेन्द्र मण्डल, तराई मधेश लोकतान्त्रिक पार्टी सप्तरीका अध्यक्ष रामप्रित यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिका केन्द्रयि सदस्य बलराम यादव, संघीय सद्भावना पार्टीका जिल्ला अध्यक्ष जागेश्वर राय, नेपाल सद्भावना पार्टी गजेन्द्रबादीका केन्द्रीय अध्यक्ष बिकास तिवारी, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, मधेशी पत्रकार समाज सप्तरीका अध्यक्ष शैलेन्द्र सिंह, तमलोपाकी नेतृ साधना झा लगायतले मधेश आन्दोलनका शहिदहरु प्रति श्रद्धाञ्जली ब्यक्त गर्नुभयो ।
मधेशी मोर्चा सप्तरीका सदस्य सचिव भोगेन्द्र चौधरीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । सो अवसरमा मधेश आन्दोलनका क्रममा शहिद भएका गुल्टेन दासकी श्रीमतिलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
गत २०६३÷०६४ मा भएको मधेश आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको सम्झनामा मधेशबादी दलहरुले सो दिनलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ