News Category 2075/09/13
झण्डै नौ प्रतिशतले धानको उत्पादन वृद्धि
काठमाडाँै, १२ पुस (रासस) ।
यस वर्ष देशमा धान उत्पादनमा झण्डै नौ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो वर्ष ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष कुल ५६ लाख १० हजार मेट्रिक टन उत्पादन भइसकेको कृषि तथा पशुपक्षी मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिनुभयो । यद्यपि अझै मागअनुसार धान उत्पादन हुन सकेको छैन । नेपालमा ६१ लाख मेट्रिक टन धानको माग छ ।
तर चौधौँ त्रिवर्षीय योजनाको लक्ष्य भने प्राप्त भएको मन्त्रालयका सूचना अधिकारी विनोद भट्टराईले बताउनुभयो । कुल ५५ लाख मेट्रिक टनको लक्ष्य लिइएकामा योजना नसकिँदै ५६ लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन भइसकेको छ । मौसम अनुकूल भएको र आवश्यक मलखाद लगायत सामाग्री समयमै उपलब्ध भएकाले धान उत्पादन बढेको दावी मन्त्रालयको छ ।
गत आवमा ५१ लाख ५१ हजार मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष ४ लाख ५८ हजार मेट्रिक टनले उत्पादन बढेको छ । यो आठ दशमलव ८९ प्रतिशतले वृद्धि भएको मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रेग्मीले जानकारी दिनुभयो ।
गत वर्षको तुलनामा यो वर्ष धान खेती करीब २२ हजार हेक्टर क्षेत्रफल बढेको छ । गतवर्ष उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव पाँच मेट्रिक टन रहेकोमा यस वर्ष तीन दशमलव ७६ प्रतिशत भएको छ । यो विगतको तुलनामा सात दशमलव २७ प्रतिशतले वृद्धि हो । मन्त्रालयका अनुसार वर्षे धानको उत्पादकत्व तीन दशमलव ६९ मेट्रिक टन प्रतिहेक्टर छ भने चैते धान चार दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर रहेको छ ।
मन्त्रालयका सचिव युवकध्वज जिसीले समयमै पानी परेको, मलखादको व्यवस्था भएको, प्राकृतिक प्रकोप नभएको र यान्त्रिकीकरण र उन्नत जातको बीउको प्रयोग हुँदा धानको उत्पादन बढेको बताउनुभयो ।
प्रदेश नं २ मा दुई लाख मेट्रिक टन बढी उत्पादन
सात प्रदेशमध्य प्रदेश नं २ मा सबैभन्दा बढी धानको उत्पादन वृद्धि भएको छ । मन्त्रालयका अनुसार प्रदेश २ मा गत वर्षको तुलनामा यस वर्ष दुई लाख नौ हजार मेट्रिक टनले धानको उत्पादन वृद्धि भएको जनाएको छ । उक्त प्रदेशमा यो वर्ष कुल १४ लाख ९५ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यस्तै प्रदेश नं १ मा गत वर्षभन्दा एक लाख २९ हजार मेट्रिक टनले उत्पादन वृद्धि भएपनि अन्य प्रदेशमा भने न्यून वृद्धि भएको तथ्याङ्कमा देखिएको छ । प्रदेश नं १ मा यस वर्ष कुल १२ लाख ३७ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।
उत्पादकत्वका हिसाबले प्रदेश नं ३ मा सबैभन्दा बढी तीन दशमलव ९० मेट्रिकटन प्रतिहेक्टर रहेको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा प्रदेश नं ५ मा कुल ११ लाख ८८ हजार मेट्रिक टन धान उत्पादन भएको छ । प्रदेश ३ मा पाँच लाख २१ हजार, गण्डकी प्रदेशमा चार लाख २७ हजार र कर्णाली प्रदेशमा एक लाख २२ हजार मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा गएको वर्ष १४ लाख ६९ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा यसवर्ष १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । यो वर्ष करीब ९७ प्रतिशत रोपाइँ भएको समेत मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव जिसीले अब उत्पादकत्व बढाउनेतर्फ मन्त्रालयको ध्यान गएको बताउनुभयो । उहाँले नेपालीहरूले पनि मिठो मसिनो चामल खोज्न थालेकाले सरकारले पनि त्यस्तै खालको धान उत्पादनमा जोड दिएको बताउनुभयो । “हामी मुख्य बालीमा आत्मनिर्भर उन्मुख छौँ भन्ने यो तथ्याङ्कले देखाउँछ,” जोशीले भन्नुभयो, “उत्पादन बढाउन अझै नयाँ प्रविधि र यान्त्रिकीकरणमा सरकारको जोड छ ।” उहाँले कृषिमा १० प्रतिशत मात्रै बजेट पु¥याउने हो भने माग धान्ने गरी उत्पादन बढ्नसक्ने बताउनुभयो । चालु आवमा कृषि क्षेत्रमा सरकारले कुल बजेटको तीन दशमलव दुई प्रतिशत बजेट विनियोजन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ