News Category 2070/10/07
१ सय १४ मध्ये ६४ गाविसको परिषद् मात्र सम्पन्न
दैनिक संवाददाता
राजविराज, ६ माघ ।
पुस मसान्तसम्म गाउँ परिषद् सम्पन्न गर्ने प्रावधान रहे पनि समय अवधी सकिएको एक साता बितिसक्दा समेत सप्तरीका अधिकांश गाविसको परिषद् सम्पन्न हुन सकेको छैन् ।
स्थानीय स्वायत्त शासन ऐन तथा गाविस अनुदान सञ्चालन नियामावलीमा पुस मसान्तभित्र सबै गाविसले अनिवार्य रुपमा गाउू परिष्द सम्पन्न गर्नुपर्ने ब्यवस्था रहेको छ ।
१ सय १४ गाविस भएको सप्तरीमा पुस मसान्तसम्ममा ६४ गाविसको परिषद् मात्र सम्पन्न भएको जिल्ला विकास समिति सप्तरीले जानकारी दिएको छ । बाँकी रहेको ५० गाविसको परिषद् सम्पन्न हुन सकेको छैन् ।
यता परिषद् सम्पन्न भएका गाविस मध्ये लोहजारा, कल्याणपुर, तेरहौता, खोक्सर प्रवाहा, ठेलीया, बक्धुवा, भंगहा, बरमझिया, बोदे बर्साइन, जगतपुर, रुपनगर, दौलतपुर, इनरुवा फुलबडिया र त्रिकोल गाविस गरी १५ गाविसले मात्र चालु आ.ब. २०७०÷०७१ का लागि पहिलो किस्ता माग गरेको छ ।
त्यसमध्ये परिषद् सम्पन्न गरि पहिलो किस्ता निकासाको माग गरेको मध्ये त्रिकोल गाविसको परिषद् त्रुटीपुर्ण रहेको र गाविस सचिव मो. कासीमले व्यापक अनियमितता गरेको भन्दै आवश्यक छानविनका स्थानियहरुले अख्तियारमा उजुरी पठाएको स्थानियबासीहरुले बताएका छन् ।
सप्तरी जिल्ला मुलुकमै सबै भन्दा बढी १ सय १४ गाविस भएको जिल्ला हो । गत आर्थिक वर्षमा पनि गाविस सचिवहरुले विकासीय बजेट र सामाजिक सुरक्षा वापतको बजेटमा ब्यापक अनियमितता गरेको भन्दै गाविस सचिव र प्राविधिक सहायकविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा परेको थियो ।
पुस मसान्तभित्र परिष्द नगरेमा विकासीय बजेटको ४० प्रतिशत अनुदान कट्टा हुने नियम छ । तर, विगतका वर्षहरुमा आर्थिक वर्षको अन्तिम महिना असारमा परिष्द गरी सम्पूर्ण विकासीय बजेट निकासा पाउँदै आएका कारण यसवर्ष पनि सचिवहरुले विगतकै परिपाटी अपनाउने दाउमा लागेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ