News Category 2070/10/07
१ सय १४ मध्ये ६४ गाविसको परिषद् मात्र सम्पन्न
दैनिक संवाददाता
राजविराज, ६ माघ ।
पुस मसान्तसम्म गाउँ परिषद् सम्पन्न गर्ने प्रावधान रहे पनि समय अवधी सकिएको एक साता बितिसक्दा समेत सप्तरीका अधिकांश गाविसको परिषद् सम्पन्न हुन सकेको छैन् ।
स्थानीय स्वायत्त शासन ऐन तथा गाविस अनुदान सञ्चालन नियामावलीमा पुस मसान्तभित्र सबै गाविसले अनिवार्य रुपमा गाउू परिष्द सम्पन्न गर्नुपर्ने ब्यवस्था रहेको छ ।
१ सय १४ गाविस भएको सप्तरीमा पुस मसान्तसम्ममा ६४ गाविसको परिषद् मात्र सम्पन्न भएको जिल्ला विकास समिति सप्तरीले जानकारी दिएको छ । बाँकी रहेको ५० गाविसको परिषद् सम्पन्न हुन सकेको छैन् ।
यता परिषद् सम्पन्न भएका गाविस मध्ये लोहजारा, कल्याणपुर, तेरहौता, खोक्सर प्रवाहा, ठेलीया, बक्धुवा, भंगहा, बरमझिया, बोदे बर्साइन, जगतपुर, रुपनगर, दौलतपुर, इनरुवा फुलबडिया र त्रिकोल गाविस गरी १५ गाविसले मात्र चालु आ.ब. २०७०÷०७१ का लागि पहिलो किस्ता माग गरेको छ ।
त्यसमध्ये परिषद् सम्पन्न गरि पहिलो किस्ता निकासाको माग गरेको मध्ये त्रिकोल गाविसको परिषद् त्रुटीपुर्ण रहेको र गाविस सचिव मो. कासीमले व्यापक अनियमितता गरेको भन्दै आवश्यक छानविनका स्थानियहरुले अख्तियारमा उजुरी पठाएको स्थानियबासीहरुले बताएका छन् ।
सप्तरी जिल्ला मुलुकमै सबै भन्दा बढी १ सय १४ गाविस भएको जिल्ला हो । गत आर्थिक वर्षमा पनि गाविस सचिवहरुले विकासीय बजेट र सामाजिक सुरक्षा वापतको बजेटमा ब्यापक अनियमितता गरेको भन्दै गाविस सचिव र प्राविधिक सहायकविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा परेको थियो ।
पुस मसान्तभित्र परिष्द नगरेमा विकासीय बजेटको ४० प्रतिशत अनुदान कट्टा हुने नियम छ । तर, विगतका वर्षहरुमा आर्थिक वर्षको अन्तिम महिना असारमा परिष्द गरी सम्पूर्ण विकासीय बजेट निकासा पाउँदै आएका कारण यसवर्ष पनि सचिवहरुले विगतकै परिपाटी अपनाउने दाउमा लागेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ