News Category 2070/10/07
पूर्वाञ्चल स्तरीय क्षेत्रीय छनौट कराँते प्रतियोगिता सम्पन्न
दैनिक संवाददाता
राजविराज, ६ माघ ।
राजविराजमा सञ्चालित पूर्वाञ्चल स्तरीय क्षेत्रीय छनौट कराँते प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।
नेपाल कराँते महासंघको सहयोगमा नेपाल सितोरियो कराँते संघ सप्तरीको आयोजनामा उक्त प्रतियोगिता समापनको अवसरमा संविधान सभा सदस्य उमेशकुमार यादव तथा सशस्त्र प्रहरी उपरीक्षक अभिकुमार खत्रीले विजयी खेलाडिहरुलाई प्रमाण पत्र वितरण गरै ।
नेपाल सितोरियो कराते संघ सप्तरीका अध्यक्ष विजयमान थापाको अध्यक्षतामा सम्पन्न समापन समारोहमा जिल्ला खेलकुद विकास समिति सप्तरीका प्रमुख लक्ष्मण मण्डलले स्वागत गरेका थिए भने संघका सचिव संजय परियारले कार्यक्रम सञ्चालन गरैका थिए ।
महिलातर्फ ५५ किलो तौलसमुहमा झापाकी एस्ता राई र मौरंगकी प्रिती दुलाल प्रथम भएकी छिन् भने मोरंगकी मिस्ली श्रेष्ठ र खोटाङ्गकी अस्मिता राई द्वितीय भएकी छिन् । सोही तौलमा पुरुषतर्फ उदयपुरका रामकुमार श्रैष्ठ प्रथम र झापाका जीवन राई द्वितीय भएका छन् ।
पुरुषको ६० किलो तौलसमुहमा खोटाङ्गका सन्तोष राई प्रथम भएका छन् भने सुनसरीका रोहित राई द्वितीय भएका छन् । ६१ किलौ तौल समुहमा महिलातर्फ सुनसरीकी जीना सुब्बा प्रथम भएकी छिन् भनै झापाकी विनिता वाग्ले द्वितीय भएकी छिन् ।
यस्तै प्रतियोगिताको ६७ किलो तौलसमुहमा पुरुषतर्फ खोटाङ्गका मिलन कसजु प्रथम भएका छन् भने संखुवासभाका मेघराज तोलाङ्गी द्वितीय भएका छन् । महिलाको ६८ किलो तौल समुहमा खोटाङ्गकी रविना राई प्रथम भएकी छिन् भनै सप्तरीकी रीता गुरुङ्ग द्वितीय भएकी छिन् ।
महिलातर्फ ६८ किलौभन्दा माथिको तौलसमुहमा खोटाङ्गकी अर्पणा कटुवाल प्रथम भएकी छिन् भनै सुनसरीकी रिनीसा द्वितीय भएकी छिन् ।
पुरुषको ७५ किलो तौल समुहमा सुनसरीका चिरण राई प्रथम भएका छन् भनै दिपक मगर द्वितीय भएका छन् । यसैगरी पुरुषको ८४ किलो तौल समुहमा खोटाङ्गका संजयकुमार राई प्रथम भएका छन् भनै सप्तरीका रमाकान्त यादव द्वितीय भएका छन् । यस्तै ८४ किलो भन्दा माथिको तौल समुहमा झापाका श्यामकुमार दनुवार प्रथम भएका छन् भने सप्तरीका सृजेश श्रेष्ठ द्वितीय भएको प्रतियोगिता प्रचार प्रसार समितिका संयोजक राजेश झाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेका खेलाडिहरुले नेपालगञ्जमा फागुन ९, १० र ११ गते सञ्चालन हुने ४०औं राष्ट्रिय कराते प्रतियोगितामा सहभागिता जनाउने संघका जिल्ला अध्यक्ष विजयमान थापाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ