News Category 2075/09/22
आँधी र पहिरोमा परी फिलिपिन्समा १ सय २६ को मृत्यु
मनिला, २२ पुस (रासस÷एएफपी) ।
क्रिसमसपछि आएको आँधी र पहिरोमा परी फिलिपिन्समा मृत्यु हुनेको संख्या १२६ पुगेको छ । सो आँधीपछि आएको बर्षा र बर्षापछि गएको पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या १२६ पुगेको अधिकारीले जनाएका छन् । फिलिपिन्सको मध्य र पूर्वीक्षेत्रमा गत डिसेम्बर २९ मा आँधी आएको थियो । आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । आँधी र पहिरोले मुख्यतः फिलिपिन्सको बिकोल र पूर्वीभिसायासमा सबैभन्दा बढी क्षति पुगेको छ । राजधानी मनिलादेखि दक्षिण पूर्वमा पर्ने बिकोलमा मात्रै झण्डै सय जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् । क्रिसमसको बिदामै रहेका बेला प्रभावित भएका धेरैलाई अन्यत्र स्थानान्तरण गरिएको छ । स्थानीयवासीको शब्दमा “उस्मान” भनिने यस आँधी निकै खराव खालको भएको बताइएको छ । घटनास्थलमा बेपत्ता भएका तथा प्रभावित भएकाहरुको खोजी कार्य अझै पनि जारी रहेको छ । उद्धार तथा खोजीकालागि पहिरो र त्यसले ल्याएको माटो ठूलो समस्याका रुपमा रहेको छ ।
यस आँधी र पहिरोका कारण झण्डै एक लाख ५२ हजारलाई अन्यत्र सारिएको हो । घटनामा परी अहिलेसम्म ७५ जना घाइते भएका विवरण प्राप्त भएको राष्ट्रिय प्रकोप व्यवस्थापन सम्वन्धी निकायले जनाएको छ । राष्ट्रपति रोड्रिगो डुटेर्टेले शुक्रबार घटनास्थलको निरिक्षण गर्नु भएको छ । उहाँले प्रभावितलाई तत्काल उपयुक्त ठाउँमा बसोबासको व्यवस्थापन गर्दै आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिनुभएको छ । प्रभावितलाई विभिन्न विद्यालयमा अस्थायी शिविर बनाएर राखिएको छ । आँधीले धान र मकैबालीमा व्यापक क्षति गरेको छ भने केही सडक र पुललगायतका भाैितक संरचना पनि भत्किएका छन् । फिलिपिन्समा हरेक वर्ष औसतमा २० वटा सामुद्रिक आँधी आउने गर्दछन् । यी आँधीका कारण हरेक वर्ष सयौं व्यक्तिको मृत्यु हुनुका साथै लाखौं मानिसलाई घरवारबिहिन हुने गरेका छन् । सन् २०१३ मा आएको शक्तिशाली ‘हाइयान’ आँधी अहिलेसम्म सबैभन्दा ठूलो भएको अनुमान गरिएको छ । यो आँधीबाट सात हजार तीन सय ६० भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ