News Category 2075/09/24
बजाज युथलाई टि–ट्वान्टीको उपाधी
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
सप्तरीको बोदेबर्साइन नगरपालिका ५ जाँजरमा मंगलबार सम्पन्न टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा बजाज युथ एकेडेमी बिसनपुरले बैरियालाई पराजित गरेको छ ।
चाम्पियन स्टार क्रिकेट टिमद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा बैरियालाई ४ रनको अन्तरले पराजित गर्दै बिसनपुरले उपाधी हासिल गरेको हो ।
प्रतियोगिताको उपाधीसँगै बिसनपुरले नगद ५० हजार तथा कप प्राप्त गरेको छ भने उपबिजेता बैरियाले नगद ३० हजार तथा मेडलमा चित बुझाएको छ ।
सम्पन्न खेलमा पहिलो ब्याटिङ गरेको बिसनपुरले १ सय २ रनको योगफल बनाएको थियो । प्रतिउत्तरमा १ सय ३ रनको बिजयी लक्ष्यसहित मैदान उत्रेको बैरिया ९८ रनमा समेटिएको थियो ।
खेलको म्यान अफ द म्याच बिसनपुरका बिबेक यादव घोषित भए । प्रतियोगितामा म्यान अफ द सिरीज तथा बेष्ट ब्याटसम्यान भएका बैरिया टीमका बिशालले मेडलसहित एक थान साईकल प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियोगितामा बिसनपुरका रोबिन सिंह उत्कृष्ट बलर घोषित भएका छन् । प्रतियोगिता पश्चात आयोजित पुरस्कार बितरण कार्यक्रममा प्रदेशसभा सदस्य अभिषेक कुमार यादव, नेकपाका नेता दिलिप यादव, इलाका प्रहरी कार्यालय बोदे बर्साइनका प्रहरी नायब निरीक्षक प्रदीप सिंह लगायतले बिजेता तथा उपबिजेता टीमलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ