News Category 2070/10/08
औद्योगिक क्षेत्रमा उद्योगहरु खुल्ने क्रम बढ्यो
दैनिक संवाददाता
राजविराज, ७ माघ ।
सप्तरीको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा उद्योग धन्दा सञ्चालन हुने क्रम बढ्ेको छ ।
औद्योगिक क्षेत्रमा अहिले महालक्ष्मी खाद्य उद्योग, कृष्णा खाद्य उद्योग र पदमा ज्योति प्लाष्टिक उद्योग सञ्चालनमा रहेको औद्योगिक क्षेत्रका निमित प्रमुख मो. बरि हुसैनले जानकारी दिनुभयो ।
यस्तै माँ भगवती टोमाटो इन्डष्ट्रीज एक दुई दिनभित्र सञ्चालनमा आउने र न्यु मिलन डेरी उद्योग आगामी फाल्गुन महिनाभित्रमा सञ्चालनमा आउने गरि सम्झौता भईसकेको जानकारी दिनुहुँदै निमित प्रमुख हुसैनले अल नेपलिज टी एण्ड कपी सेन्टर पनि सञ्चालनका लागि सम्झौता भईसकेको बताउनुभयो ।
कुल २ सय ९४ रोपनी (साढे २२ विघा) मा फैलिएको औद्योगिक क्षेत्रभित्र बैंक भवन, हुलाक, स्वास्थ्य क्लिनिक भवन, चमेना गृह, गेस्ट हाउस, विद्युत टेलिफोन लगायत सम्पुर्ण सुविधा सम्पन्न १० वटा घरेलु उद्योगहरु सञ्चालन गर्न सक्ने क्षमता छ ।
यस औद्योगिक क्षेत्रमा नेपाल सरकारको तर्फबाट कार्यालय प्रमुख सहित १० जना कर्मचारीको दरबन्दी रहेको छ ।
भारत सरकारको सहयोगमा बि. सं २०४४ सालमा शिलन्याश भएको उक्त औधोगिक क्षेत्र निर्माण भएपश्चात २०५१ सालमा भारत सरकारले नेपाललाई हस्तान्तरण गरिसकेपछि त्यसमा ९ वटा उद्योगहरु संचालनमा आएका थिए ।
तत्कालिन नेकपा माओवादीको सशस्त्र द्वन्द्व र तराईमा सशस्त्र संघर्ष समुहहरुका कारण असुरक्षित भएको भन्दै उद्योग सञ्चालकहरु क्रमशः उद्योगहरु बन्द गरेका थिए । जसोतसो औधोगिक क्षेत्रमा सञ्चालन हुँदै आएको दिपक पोलिमर्श उद्योग बन्द र दपक प्लास्टिक उद्योग पनि २०६५ फागुन १ गतेबाट बन्द भएको थियो ।
त्यसपछि उद्योग बिहीन बनेको औधोगिक क्षेत्र केबल पिकनिक स्थल र राजनीतिक गतिबिधीहरु गर्ने स्थलको रुपमा परिणत भएको थियो । तर पछिल्लो समय तराईमा सशस्त्र संघर्षरत समुहहरु मध्ये अधिकांश समुह वार्तामा आईसकेकोले शान्ति सुरक्षा सुदृढ भएको र सरकारले पनि उद्योग सञ्चालनका लागि सुबिधाहरु दिन थालेकाले औधोगिक क्षेत्रमा उद्योगधन्दा फस्टाउन थालेको स्थानियहरु उद्योगीहरु बताउनुहुन्छ ।
राजबिराज औद्योगिक क्षेत्रको नामवाट २०४४ सालमा स्थापित उक्त औद्योगिक क्षेत्रलाई बिकाश गर्ने उद्देश्यले हृदयेश त्रिपाठी उधोग मन्त्री भएका बेला गजेन्द्र नारायण सिंहको नामसँग जोडेर गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रको नाममा नामाकरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ