News Category 2075/10/08
बखन्डी फल सेवन गर्दा बालबालिकासहित १७ जना बिरामी
दैनिक समाचारदाता
सिरहा, ८ माघ ।
सिरहाको संखुवानान्कारकट्टी गाउँपालिकामा अभिभावकसँगै बाख्रा चराउन गएका बालबालिकाहरु समेत गरि १७ जना बखन्डीको फल खाँदा बिरामी परेका छन् ।
सो गाउँपालिका १ स्थित चौरमा अभिभावकसँगै बाख्रा चराउन गएका ती १७ जना बखन्डीको फल खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालय सिरहालाई उदृत गर्दै प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
प्रहरीका अनुसार बिरामी परेका अभिभावकसँगै अधिकांश उनीहरुकै बालबालिका रहेका छन् । महिलाहरुसँग बाख्रा चराउन व्यस्त रहेको तथा बालबालिकाहरु खेल्न जाने क्रममा बखन्डी फल नामक दाना सेवन गरेको प्रहरीले जनाएको छ ।
बिरामी परेकाहरुमा सोही गाउँपालिका १ मौवाही बस्ने अन्दाजी वर्ष ३५ की शिब कुमारी सदाय, निजकै छोरी अन्दाजी वर्ष ५ कि सम्झना सदाय, ३० वर्षकी नयन कुमारी सदाय, निजकै छोरा अन्दाजी वर्ष ३ को अविन, देबनारायण सदायको छोरा अन्दाजी वर्ष ४ को अमित कुमार सदाय, संजय सदायको छोरा अन्दाजी वर्ष २ को संजित सदाय, निजकै छोरी अन्दाजी वर्ष ४ कि चन्द्रिका सदाय, ठगदेब सदायको छोरा अन्दाजी वर्ष ७ को अशोक सदाय रहेका छन् ।
यस्तै सगुनिया सदायको छोरा अन्दाजी वर्ष ७ को करण सदाय, अगुन सदायको छोरी अन्दाजी वर्ष ५ कि कल्पना सदाय, निजकै छोरा अन्दाजी वर्ष ६ को रविन सदाय, लक्ष्मण सदायको छोरी अन्दाजी वर्ष ७ कि पविता सदाय, देबिन्दर सदायको छोरा अन्दाजी वर्ष ८ को जिवन सदाय, निजकै छोरा अन्दाजी वर्ष ९ को सन्तोष सदाय, निजकै छोरी अन्दाजी वर्ष ५ कि सजन कुमारी सदाय, छोटका सदायको छोरा अन्दाजी वर्ष १० को शनिचर सदाय र लक्ष्मण सदायको छोरी बर्ष ४ की सञ्जना सदाय रहेका छन् ।
घटनापश्चात् प्रहरी चौकी सितापुर सिरहाबाट गएको प्रहरी टोलीले बिरामीहरुलाई उपचारका लागि राउ स्मारक अस्पताल लहान, सिरहा र कामना नर्सिङहोम लहान सिरहामा पठाईएको जनाएको छ । त्यस्तै बिरामी मध्ये सञ्जना सदायको अवस्था चिन्ताजनक रहेकोमा निजलाई थप उपचारका लागि धरान पठाईएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ