News Category 2075/10/11
गजेन्द्र बाबुको पुण्यतिथिमा क्रिकेट प्रतियोगिता
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
स्व. गजेन्द्र नारायण सिँहको १७ औ पुण्यतिथिको अवसरमा बिहीबारदेखी सप्तरीको तिलाठी कोईलाडी गाँउपालिकामा टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
सो अवसरमा जिसस प्रमुख प्रभाकर यादबले खेलकुदबाट मानिसको शारीरिक रूपमा स्वस्थ रहनुको साथै ग्रामिण स्तरमा खेलकुदको माध्यबाट बिकास गर्नुपर्नेमा जोड दिए ।
गाँउपालीका अध्यक्ष सिंहको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा उपाध्यक्ष सुचिता कुमारी यादब, वडा अध्यक्ष मनसुर मिश्र, गुलाव सिंह, खगेन्द्र मण्डल, लक्ष्मी साह, कार्यपालिका सदस्यहरू, सप्तरी क्रिकेट संघका सदस्य धर्मेन्द्र चौधरी, एम्पायर संघका अध्यक्ष निरज सिंह, पुर्व राष्ट्रिय खेलाडी संतोष सिंह, गुडु सिंह लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी गजेन्द्र नारायण सिंहको पुण्य तिथिको अवसरमा कोईलाडीस्थित मधेशका प्रणेता गजेन्द्र बाबुको शालिकमा फुलमाला लगाई श्रद्वाञ्जली अर्पण गर्दै गजेन्द्र नारायण सिँहको पथमा हिडनुपर्नेमा सहभागीहरूले जोड दिए ।
सो अवसरमा वडा अध्यक्ष गोपि मण्डल, खगेन्द्र मण्डल, स्थानिय नेता गुडु सिंह, राम सिंह लगायतको सहभागिता रहेको थियो ।
यसैबीच बिहीबारदेखी सुरु भएको क्रिकेट प्रतियोगिता अन्तरगत पहिलो खेल तिलाठी कोइलाडी रेड र युथ एकेडेमीबीच सम्पन्न उद्घाटन खेल सम्पन्न भएको सो खेलमा युथ एकेडेमीले ब्लुलाई ५७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
टस जितेर ब्याटिङ्ग गरेको युथ एकेडेमीले १९ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनाएको थियो । जसमा आशिष झाले सर्वाधिक ३९ रन बनाए भने विवेक यादवले २३ तथा नितेश यादवले २० रनको योगदान दिएका थिए ।
तिलाठी कोइलाडी रेडको तर्फबाट ४ ओभरमा १८ रन खर्चिदै ४ विकेट लिएभने सरोज मण्डलले ३, नरेश मण्डलले २ तथा रिपुल सिंहले १ विकेट लिए ।
जितका लागि ११७ रन पछ्याएको तिलाठी कोइलाडी रेड टिम १८ ओभर १ बलमा सबै विकेट गुमाई ५९ रन मात्र बनाउन सफल भयो । जसमा रिपुल सिंहले सर्वाधिक १७ रन बनाए भने अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा प्रवेश गर्न सकेनन् ।
युथ एकेडेमीका लागि अनिल यादवले सर्वाधिक ३, आशिष झा र उमाशंकर यादवले २÷२ विकेट लिए भने विवेक यादव र विशाल यादवले १÷१ विकेट लिए । उक्त खेलमा३९ रन तथा २ विकेट लिंदै अलराउण्ड प्रदर्शन गरेका युथ एकेडेमीका आशिष झालाई म्यान अफ द म्याच घोषित गरियो ।
प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेल तिलाठी कोइलाडी ब्लु र महादेवा तथा दोस्रो खेल युथ एकेडेमी र हनुमाननगरबीच हुने तिलाठी कोइलाडी गाउँपालिकाका राजेश झाले बताए ।
यसअघि जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले ब्याटिङ्ग तथा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले बलिङ्ग गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ