News Category 2070/03/07
निर्वाचनका लागि ५३ हजार प्रहरी खटाइने
दैनिक संवाददाता
काठमाडौँ, ६ असार ।
नेपाल प्रहरीले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयारी अवस्थामा रहेको जनाएको छ ।
नेपाल प्रहरीका नवनियुक्त प्रवक्ता (नायब प्रहरी महानिरीक्षक) नवराज सिलवालले बिहीबार आयोजित पत्रकार भेटमा हाल नेपाल प्रहरीमा ६७ हजार १८१ प्रहरी रहेकामा निर्वाचनका लागि ८० प्रतिशत अर्थात् ५३ हजार प्रहरी खटाइने र बाँकी प्रहरी आन्तरिक सुरक्षाका लागि राखिने बताउनुभयो ।
उहाँले २०६४ सालको निर्वाचनलाई ध्यानमा राखी निर्वाचनस्थलको संवेदनशीलता अुनसार विशेष सुरक्षा व्यवस्था अपनाइने र आवश्यक मात्रामा पूर्वप्रहरी तथा पूर्वसैनिकबाट म्यादी प्रहरीको पनि व्यवस्था गरिने जानकारी दिनुभयो ।
प्रवक्ता सिलवालले भन्नुभयो, “नेपालको पश्चिमी क्षेत्रमा हालै आएको बाढीबाट पीडितलाई उद्धार गरेको प्रहरीले पूर्वी क्षेत्रमा पनि हुन सक्ने क्षति न्यूनीकरणका लागि जिल्ला दैवीप्रकोप उद्धार समिति गठन गरी जनतालाई सुसूचित गर्ने काम गरिएको छ ।”
अन्तर्राष्ट्रियस्तरको सुरक्षा व्यवस्थाबमोजिम नेपाल प्रहरीको दरबन्दी निकै कम भएको बताउँदै उहाँले हाल एक हजार ७१४ न्यायिक प्रहरी र १८९ पर्यटन प्रहरीको व्यवस्था गरिएको पनि जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
- 2082/01/18 पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
- 2082/01/18 तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल
- 2082/01/18 जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी ...
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ