News Category 2070/03/07
निर्वाचनका लागि ५३ हजार प्रहरी खटाइने
दैनिक संवाददाता
काठमाडौँ, ६ असार ।
नेपाल प्रहरीले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयारी अवस्थामा रहेको जनाएको छ ।
नेपाल प्रहरीका नवनियुक्त प्रवक्ता (नायब प्रहरी महानिरीक्षक) नवराज सिलवालले बिहीबार आयोजित पत्रकार भेटमा हाल नेपाल प्रहरीमा ६७ हजार १८१ प्रहरी रहेकामा निर्वाचनका लागि ८० प्रतिशत अर्थात् ५३ हजार प्रहरी खटाइने र बाँकी प्रहरी आन्तरिक सुरक्षाका लागि राखिने बताउनुभयो ।
उहाँले २०६४ सालको निर्वाचनलाई ध्यानमा राखी निर्वाचनस्थलको संवेदनशीलता अुनसार विशेष सुरक्षा व्यवस्था अपनाइने र आवश्यक मात्रामा पूर्वप्रहरी तथा पूर्वसैनिकबाट म्यादी प्रहरीको पनि व्यवस्था गरिने जानकारी दिनुभयो ।
प्रवक्ता सिलवालले भन्नुभयो, “नेपालको पश्चिमी क्षेत्रमा हालै आएको बाढीबाट पीडितलाई उद्धार गरेको प्रहरीले पूर्वी क्षेत्रमा पनि हुन सक्ने क्षति न्यूनीकरणका लागि जिल्ला दैवीप्रकोप उद्धार समिति गठन गरी जनतालाई सुसूचित गर्ने काम गरिएको छ ।”
अन्तर्राष्ट्रियस्तरको सुरक्षा व्यवस्थाबमोजिम नेपाल प्रहरीको दरबन्दी निकै कम भएको बताउँदै उहाँले हाल एक हजार ७१४ न्यायिक प्रहरी र १८९ पर्यटन प्रहरीको व्यवस्था गरिएको पनि जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ