News Category 2070/10/11
उद्योग बाणिज्य संघको महासचिव र सदस्य पदका लागि आज निर्वाचन हुदै
दैनिक संवाददाता
राजविराज, १० माघ ।
सप्तरी उद्योग बाणिज्य संघको एक जना महासचिव र ६ जना सदस्य पदका लागि आज निर्वाचन हुने भएको छ ।
संघको अध्यक्ष, दुबै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र महिला सदस्य पदमा निर्विरोध निर्वाचित भएपछि बाँकी महासचिव र कार्यसमिति सदस्य पदका लागि निर्वाचन हुन लागेको हो ।
संघको अध्यक्षमा अरुण कुमार प्रधान निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष पदमै उम्मेदवारी दिएका सुरेश कुमार सिंहले उम्मेदवारी फिर्ता लिएपछि प्रधान निर्विरोध रुपमा अध्यक्ष पदमा निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त अशोक कुमार चौधरीले जानकारी दिनुभयो ।
शुक्रवार विहान उद्योग बाणिज्य संघमा निर्वाचन समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त चौधरीले सप्तरी उद्योग बाणिज्य संघको उद्योग उपाध्यक्षमा शंकर कुमार दास, बाणिज्य उपाध्यक्षमा गौरी शंकर साह, सचिवमा कैलाश दास, कोषाध्यक्षम गुलामउदीब उज्जमा खाँ, सहकोषाध्यक्षमा प्रमोद कावरा र महिला सदस्यमा गिता कोइराला निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयो ।
निर्विरोध हुन बाँकी रहेको संघको महासचिव र सदस्य पदका लागि शनिबार निर्वाचन हुने निर्वाचन आयुक्त सतिशकुमार दत्तले जानकारी दिनुभयो । संघको एक जना महासचिवका लागि बिश्वनाथ दास, सतिश कुमार सिंह, भोगेन्द्र मिश्र, दीपेन्द्र कुमार दास र अनन्त साह प्रतिष्पर्धामा रहनु भएको छ ।
यस्तै कार्यसमितिको ६ जना सदस्यका लागि अनवर दफाली, अनिलकुमार पेडिवाल, संजय कुमार दास, प्रभात कुमार ललन, बिनोद कुमार साफी, नेत्र बिक्रम साह, अभिषेक दास, निर्मलकुमार मुन्धडा, अभिषेक कावरा, देवराम प्रसाद यादव, रमेश कुमार साह, बैधनाथ यादव, तेजनारायण यादव, सन्तोष भगत, शिबनारायण साह, संजय कुमार दास, सन्तोष कुमार साह, राजेश कुमार गुप्ता र शंकर चौधरी चुनावी मैदानमा रहनु भएको निर्वाचन समितिले जनाएको छ ।
कुल १ हजार ४ सय १९ मतदाता रहेको संघको निर्वाचन शनिबार विहान ९ बजेदेखि ४ बजेसम्म राजविराजस्थित केअमावीमा निर्वाचन हुन गइरहेको समितिले जनाएको छ ।
यसैबीच शुक्रवार मात्र संघको महासचिव पदमा उम्मेदवारी दिएका सतिश कुमार सिंहले महासचिवका अर्का उम्मेदवार अनन्त साहलाई समर्थन गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ