News Category 2070/10/11
स्मृति दिवसमा स्व. सिंहको योगदान बारे चर्चा
दैनिक संवाददाता
राजविराज, १० माघ ।
नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष तथा मधेशका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको १२ औं स्मृति मधेशबादी दलहरुले एउटै मञ्चमा मनाएका छन् ।
बिभिन्न मधेशबादी दलहरु मिलेर गठन गरेको मधेशी मोर्चा सप्तरीको आयोजनामा जिविस सभाहलमा आयोजित स्मृति दिवसमा मधेशवादी दलका नेताहरुले मधेश र मधेशीका अधिकारका लागि स्व. सिंहले खेलेको भुमिका बारे चर्चा गरेका छन् ।
मधेशी मोर्चा सप्तरीका संयोजक मो. युसुफको अध्यक्षतामा आयोजित स्मृति दिवसमा प्रमुख अतिथि स्व. सिंहका समकक्षी सत्यनारायण दासले मधेश र मधेशीको हक अधिकारका लागि स्व. सिंहले देखाएको मार्गमा मधेशबादी दलहरु हिड्न नसकेको प्रति चिन्ताब्यक्त गर्नुभयो ।
सबैभन्दा प्रतिकुल परिस्थितिमा पनि मधेश र मधेशीको अधिकारका लागि संघर्ष गरेपनि त्यो अनुसारको सम्मान मधेशबादी दलले सम्मान दिन सकेको बताउँदै उहााले स्व. सिंहको सपनालाई साकार पार्न मधेशबादी दलहरु एक जुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष नबलकिशोर साह, नेपाल सद्भावना पार्टी(गजेन्द्बादी) का अध्यक्ष बिकास तिवारी, राष्ट्रिय मधेश समाजवादी पार्टीका हरिकृष्ण भगत, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष रामप्रित यादव लगायत मोर्चामा आबद्ध सबै दलका नेताहरुले स्व सिंहको योगदानबारे चर्चा गर्नुभयो । कार्यक्रममा तमलोपाका साधना झाले स्वागत गर्नुभयो ।
यस्तै सद्भावना पार्टी निकट मधेश रक्षा बाहिनीले स्व. सिंहको स्मृतिमा शुक्रवार साँझ राजविराजस्थित गजेन्द्र चौकमा मैनवती बालेको छ । मधेश रक्षा बाहिनीका प्रमुख बिनोद यादवको नेतृत्वमा मैनबती जलाएको छ । नेसपाका संस्थापक अध्यक्ष सिंहको गत २०५८ साल माघ १० गते निधन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ