News Category 2070/10/12
प्रहरी र हात्ती पीडितबिच झडप, प्रहरी सहित डेढ दर्जन घाईते
राजविराज÷सप्तरीको बरमझियामा शनिवार प्रहरी र हात्ती पीडित स्थानियबासी बिच भएको झडपमा आधा दर्जन प्रहरी र एक दर्जन स्थानियबासीहरु घाईते भएका छन् ।
कोशी टप्पु बन्यजन्तु आरक्षबाट आउने हात्तीहरुले सप्तरीको फत्तेपुर, कमलपुर, पिप्रापूर्व, जगतपुर, कञ्चनपुर, बदगामा, बरमझिया, बैरवा र भारदह लगायतका गाविसहरुमा आंतक मच्चाउँदै आउँदै आएको भन्दै चक्काजाम गर्न खोजेका स्थानिय हात्ती पीडित र प्रहरीबीच झडप भएको हो ।
झडपमा परी घाईते भएका प्रहरी नायव निरिक्षक शंकर चौधरी, प्रहरी सहायक रवि मगर, प्रहरी सहायक हरिकुमार सुवेदी, प्रहरी हल्दार रमानन्द यादव, प्रहरी हल्दार कृष्ण श्रेष्ठ र प्रही जवान रवि चौधरीको स्थानिय किल्नीक र धर्मेश्वर ठेलिया सिमरामा उपचार भईरहेको छ भने बरमझिया–३ का पप्पु गुप्ता, राजकुमार गुप्ता, बिन्देश्वर यादव, मेहरुम खातुन, नैजुन खातुन र रसुल सेख लगायतका स्थानियहरुको प्राथमिक उपचार केन्द्र कञ्चनपुरमा उपचार भईरहेको जनाएको छ ।
कोशी टप्पु बन्यजन्तु आरक्ष प्रशासन र स्थानिय प्रहरी प्रशासन विरुद्ध शनिवार विहान ७ बजेदेखि ९ बजे सम्म घण्टा चक्काजामको हात्ती पीडित र चक्काजाम खुलाउन गएको बरमझियास्थित सशस्त्र प्रहरी दन्तकाली गणबाट आएको सशस्त्र प्रहरी र ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले हस्तक्षेप गरेका थिए ।
यसैबीच मधेशी जनअधिकार फोरम नेपालकी सभासद् सप्तरी निवासी लक्ष्मी चौधरीले घटनाको घोर भत्र्सना गर्दै घाईतेलाई उपचार तथा पीडितलाई क्षतिपूर्तीको माग गर्नुभएको छ । उहाँले संचारकर्मीलाई टेलिफोन गर्दै प्रहरीले बलजफ्ती लाठ्ठीचार्ज गरेको घटना अत्यन्त दुःखदायी भएको प्रतिक्रिया दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ