News Category 2070/10/12
प्रहरी र हात्ती पीडितबिच झडप, प्रहरी सहित डेढ दर्जन घाईते
राजविराज÷सप्तरीको बरमझियामा शनिवार प्रहरी र हात्ती पीडित स्थानियबासी बिच भएको झडपमा आधा दर्जन प्रहरी र एक दर्जन स्थानियबासीहरु घाईते भएका छन् ।
कोशी टप्पु बन्यजन्तु आरक्षबाट आउने हात्तीहरुले सप्तरीको फत्तेपुर, कमलपुर, पिप्रापूर्व, जगतपुर, कञ्चनपुर, बदगामा, बरमझिया, बैरवा र भारदह लगायतका गाविसहरुमा आंतक मच्चाउँदै आउँदै आएको भन्दै चक्काजाम गर्न खोजेका स्थानिय हात्ती पीडित र प्रहरीबीच झडप भएको हो ।
झडपमा परी घाईते भएका प्रहरी नायव निरिक्षक शंकर चौधरी, प्रहरी सहायक रवि मगर, प्रहरी सहायक हरिकुमार सुवेदी, प्रहरी हल्दार रमानन्द यादव, प्रहरी हल्दार कृष्ण श्रेष्ठ र प्रही जवान रवि चौधरीको स्थानिय किल्नीक र धर्मेश्वर ठेलिया सिमरामा उपचार भईरहेको छ भने बरमझिया–३ का पप्पु गुप्ता, राजकुमार गुप्ता, बिन्देश्वर यादव, मेहरुम खातुन, नैजुन खातुन र रसुल सेख लगायतका स्थानियहरुको प्राथमिक उपचार केन्द्र कञ्चनपुरमा उपचार भईरहेको जनाएको छ ।
कोशी टप्पु बन्यजन्तु आरक्ष प्रशासन र स्थानिय प्रहरी प्रशासन विरुद्ध शनिवार विहान ७ बजेदेखि ९ बजे सम्म घण्टा चक्काजामको हात्ती पीडित र चक्काजाम खुलाउन गएको बरमझियास्थित सशस्त्र प्रहरी दन्तकाली गणबाट आएको सशस्त्र प्रहरी र ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले हस्तक्षेप गरेका थिए ।
यसैबीच मधेशी जनअधिकार फोरम नेपालकी सभासद् सप्तरी निवासी लक्ष्मी चौधरीले घटनाको घोर भत्र्सना गर्दै घाईतेलाई उपचार तथा पीडितलाई क्षतिपूर्तीको माग गर्नुभएको छ । उहाँले संचारकर्मीलाई टेलिफोन गर्दै प्रहरीले बलजफ्ती लाठ्ठीचार्ज गरेको घटना अत्यन्त दुःखदायी भएको प्रतिक्रिया दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ