News Category 2075/11/06
सप्तरीबाट ५० गरि ८ सय ६४ पत्रपत्रिकाले भरे आवेदन फाराम
दैनिक समाचारदाता
काठमाडौं, ६ फागुन ।
आर्थिक वर्ष ०७४÷०७५ को पत्रपत्रिका वर्गीकरणका लागि प्रेस काउन्सिल नेपाल (वितरण सम्परीक्षण समिति) मा सप्तरीका ५० गरि ८ सय ६४ वटा पत्रपत्रिकाले आवेदन फाराम भरेका छन् ।
जस अन्तरगत दैनिक १ सय ७४, अर्ध–साप्ताहिक ३, साप्ताहिक ५ सय २७, पाक्षिक ११, मासिक ८२, द्वैमासिक ४, त्रैमासिक ६ र साहित्यिक भाषाभाषी ५७ रहेको काउन्सिलका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
प्रदेशगत रूपमा प्रदेश नम्बर १ बाट १ सय ११, प्रदेश नं. २ बाट १ सय ७७, प्रदेश नं. ३ बाट ३ सय ८४, गण्डकी प्रदेशबाट ६२, प्रदेश नं. ५ बाट ६३, कर्णाली प्रदेशबाट २३ र सुदूरपश्चिम प्रदेशबाट ४४ वटा पत्रपत्रिकाले आवेदन फाराम भरेको जनाइएको छ ।
यसैगरी यी बाहेक प्रक्रिया नपुगेका र ढिलोगरी प्राप्त भएका ३७ वटा पत्रपत्रिकाका सम्बन्धमा प्रेस काउन्सिल नेपालको बोर्ड बैठकले टुङ्गो लगाएपछि जानकारी गराइने जारि विज्ञप्तिमा उल्लेख छ ।
यसअघि आर्थिक वर्ष २०७३÷०७४ मा ९ सय ५३ वटा विभिन्न पत्रपत्रिकाले वर्गीकरणका लागि आवेदन भरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ