News Category 2075/11/16
महवुवको बिष्फोटक ब्याटिंगले सप्तरी फाईनलमा पर्सासँग भिड्ने

दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
राजबिराजमा संचालित प्रदेश नंं २ स्तरीय क्षेत्रिय छनौट क्रिकेट प्रतियोगिता अन्र्तगत छैठो दिनको अन्तिम लिग खेलमा बिहीबार सिरहालाई सर्लाहीले ६ बिकेटले पराजित गरेको छ भने सप्तरीले रौतहटलाई २५ रनले पराजित गर्दै फाईनलमा स्थान सुरक्षित गरेको छ ।
मध्यमान्चल खेलकुद बिकास समितिको आयोजना तथा जिल्ला खेलकुद बिकास समिति सप्तरी र सप्तरी क्रिकेट संघको संयुक्त संयोजनमा संचालित उक्त प्रतियोगितामा सिराहाले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा ९२ रन जोड्न सकेका थिए ।
सिरहाका लागि अशोक यादवले नटआउट ३५ रनको योगदान दिएका थिए भने आशुतोष बिक १७ तथा रिशव कार्किले १८ रनको योगदान दिएका थिए । बलिंग तर्फ सर्लाहिका सन्दिप खडकाले ३ तथा सुशान्त सिह, रोशन सिंह र निरज मिकरानीले सामान १ बिकेट लिएका थिए ।
९३ रनको लक्ष्य लिई मैदानमा ओर्लेको सर्लाहिले उक्त लक्ष्य १६ ओभर ५ बलमा ४ बिकेटको नोक्सानीमा भेटाएका थिए । सर्लाहिका लागि सुशान्त सिंहले नटआउट रहि ३३ तथा सुभाष पण्डित र सुधिर चौधरीले क्रमशः १९ र १४ रनको योगदान दिएका थिए । सिरहाका तर्फबाट पार्थिव यादव, दिलिप यादव, कुश मण्डल र प्रदिप पण्डितले सामान १ बिकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच सर्लाहिका तर्फबाट अलराउण्ड प्रर्दशन गरेवापत सुशान्त सिंहलाई घोषित गरियो ।
यस्तै बिहिवारनै सम्पन्न अर्को खेलमा रौतहटले टसजिती सप्तरीलाई ब्याटिंगको निम्तो दिएपछि किर्तिमानी खेलाडि महवुव आलमको बिष्फोट ब्याटिंग गरेपछि निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय १५ रनको योगफल तयार पारेका थिए ।
महवुवले ३८ बलमा ४ चौक्का र ७ छक्काको मद्धतले ७२ रनको बिष्फोटक पारी खेलेका थिए भने गुणानन्द रायले २९ तथा बिकास दासले नटआउट रहि १५ रनको योगदान दिएका थिए । बलिंग तर्फ रौतहटका लागि सुनिल मिश्रा र रवी साहले सामान २ बिकेट तथा राजेश यादव र आशिक साहले सामान १ बिकेट लिएका थिए ।
१ सय ५२ रनको लक्ष्य लिई मैदानमा ओर्लेको रौतहटले २० ओभर खेलि ७ बिकेटको नोक्सानीमा १ सय २६ रन मात्र जोडन सकेका थिए । रौतहटका लागि आशु कन्डोईले आर्कषक ब्याटिंग गर्दै ४१ बलमा ४ चौक्का र २ छक्काको मद्धतले ४७ रन तथा शैलेन्द्र कुशवाह २४ तथा आशिक साहले १७ रनको योगदान दिएका थिए । सप्तरीका तर्फबाट अनिल यादव र राहुल मण्डलले सामान २ बिकेट तथा बिवेक यादवले १ बिकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच सप्तरीका उत्कृष्ट ब्याटिंग गरे वापत किर्तिमानी खेलाडि महवुव आलम घोषित भएका थिए ।
प्रतियोगिता अन्र्तगत शुक्रवार तेश्रो स्थानको लागि पहिलो खेल बारा र सर्लाही बिच तथा फाईनल खेल सप्तरी र पर्सा बिच हुने आयोजक समितिका संयोजक रवी रायले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ