News Category 2075/11/16
अमेरिकी कम्पनीमा ठूलो संख्यामा रोबोटको प्रयोग
न्यूयोर्क, १६ फागुन (रासस÷एएफपी) ।
अमेरिकी कम्पनीले अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा रोबोटको प्रयोग ज्यादै वृद्धि गरेका छन् । विगतमा कार निर्माता कम्पनीमा बढी देखिने रोबोट आजभोलि स–साना व्यवसायमा समेत प्रयोग हुन थालेको छ । मानवस्रोतभन्दा सस्तो र सहज भएकै कारण व्यवसायीले रोबोटको प्रयोग रुचाएको अध्ययनहरुले देखाएका छन् । सन् २०१७ को तुलनामा कार निर्माण प्लान्टमा रोबोट प्रयोगमा झण्डै १६ प्रतिशत वृद्धि भएको छ । यस वर्ष झण्डै २८ हजार ४७८ थान रोबोट बिक्री भएको मिसिगनस्थित एड्भान्सिङ अटोमेसन सङ्घले जनाएको छ । रोबोटको प्रयोग अन्य क्षेत्रमा पनि बढेको छ । खाद्यान्न र उपभोग्य बस्तुको आपूर्ति गर्ने कम्पनीको माग पनि अघिल्लो वर्षको तुलनामा झण्डै ६० प्रतिशतले बढेको छ । सेमिकन्डक्टर र विद्युतीय प्लान्टमा रोबोटको माग अघिल्लो वर्षभन्दा ५० प्रतिशतले बढेको छ । धातु उत्पादक कम्पनीमा समेत रोबोटको माग १३ प्रतिशतले वृद्धि भएको छ । निकै कसिकसाउ रोजगार बजारमा कामदारको ज्याला वृद्धि भएसँगै कम्पनीमाथि आफ्नो उत्पादनमा रोबोटजस्ता स्वचालित प्रविधिको प्रयोग बढ्न थालेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमा सञ्चालित अमेरिकी कम्पनीलाई स्वदेश फर्काउन अनुरोध गरेपनि धेरै अमेरिकी कम्पनीले महङ्गा अमेरिकी कामदार प्रयोग गर्नुको सट्टा निकै सस्तो पर्ने रोबोटको प्रयोग गर्न रुचाउन थालेका छन् ।
एड्भान्सिङ अटोमेसनका उपाध्यक्ष बब डोयलले कार उत्पादन कारखाना र अरु ठूला उत्पादक कारखानामा रोबोटको प्रयोग अत्यधिकरुपमा बढेको बताउनुभयो । स–साना कारखाना र गोदाम घरसमेत स्वचालित विधिबाट चलाउन थालिएको उहाँले जानकारी दिनुभयो । तिनैमध्येको एक हो मेट्रो प्लास्टिक टेक्नोलोजिज इन्क । इन्डियाना राज्यको नोबल्सभिलको एक निजी व्यवसायमा १२५ जना कामदार छन् । यो कम्पनी सन् १९७० को दशकमा शुरु भएको थियो । गत वर्ष मार्च महिनामा यो कम्पनीले पहिलो रोबोट किन्यो । यो रोबोटले उत्पादित वस्तु गुणस्तर परीक्षणका लागि बोकेर ल्याउने गर्दछ । विगतमा यो काम फोर्कलिफ्टको मद्दतले कामदारले गर्नुपथ्र्यो । “हामीसँग पाँच हजार पाउन्डका तीन वटा फोर्कलिफ्ट थिए,” कम्पनीका अध्यक्ष केन हानले बताउनुभयो । “अहिले हामीले ती सबै हटायौँ । यो रोबोटलाई ४० हजार डलर लाग्यो र यो आधाभन्दा बढी नै सस्तो छ ।” गत वर्ष सवारी साधन निर्माता कम्पनीहरुमा रोबोटको माग अत्यधिक बढेको छ । आपूर्तिको अर्डर भएका रोबोटमध्ये झण्डै ६० प्रतिशत सवारी साधन निर्माता कम्पनीले लगेका थिए । “खाद्य उद्योगले पनि रोबोटको माग निकै बढाएका छन्,” कावासाकी रोबोटिक्स (युएसए) का बिक्री तथा बजार निर्देशक ड्यान ह्यास्लेले बताउनुभयो । उहाँले थप्नुभयो, “खाद्य तथा पेय उद्योगमा ठूलै संख्यामा कामदारको जरुरत पर्दछ, तर रोबोटलाई पनि यी क्षेत्रमा प्रयोग गर्न थालिएको छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ