News Category 2070/10/13
चोरीका चार दर्जन भन्दा बढी सवारी साधन प्रहरीको नियन्त्रणमा
दैनिक संवाददाता
राजविराज, १२ माघ ।
बिगत पाँच महिनाको अबधीमा जिल्ला प्रहरी कार्यालय सप्तरीले चार दर्जन भन्दा बढी चोरीका सवारी साधन नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले शुरु गरेको बिशेष चेकजाँचको क्रममा भारतबाट चोरी गरी नेपाली नम्बर प्लेट लगाएर चलाउँदै आएको अवस्थामा जिल्लाको बिभिन्न स्थानबाट चोरीका सवारी साधनहरु पक्राउ गरेको हो ।
पुर्वपश्चिम राजमार्ग तथा ग्रामिण सडकहरुमा नेपाली नम्बर प्लेट लगाएर चलाउँदै आएको चोरीको मोटरसाईकल ४५ वटा, बुलेरो जिप ३ वटा, अर्मदा जीप २ वटा, मारुती जीप २ वटा, अल्ट्रो कार एउटा, सेन्ट्रो कार एउटा, ट्रक एउटा र मिनी बस एउटा नियन्त्रणमा लिएको सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएको सवारी साधनहरुलाई लामो अनुसन्धान पश्चात चोरीको गाडी रहेको ठहरिएपछि करिब एक करोड भन्दा बढी मुल्य बराबरको उक्त सवारी साधनहरु आवश्यक कार्वाहीका लागि राजविराज भन्सार कार्यालय बेल्हीमा बुझाएको प्रहरी उपरिक्षक अमात्यले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ