News Category 2075/11/17
प्रदेश स्तरीय क्रिकेटको उपाधि पर्सालाई
दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
राजबिराजमा संचालित प्रदेश २ स्तरीय क्षेत्रिय छनौट क्रिकेट प्रतियोगिताको उपाधि पर्साले हात पारेको छ भने सर्लाहीले बारालाई हराउदै तेश्रो स्थान हासिल गरेको छ ।
मध्यमाञ्चल खेलकुद बिकास समितिको आयोजना तथा जिल्ला खेलकुद बिकास समिति सप्तरी र सप्तरी क्रिकेट संघको संयुक्त संयोजनमा संचालित उक्त प्रतियोगिता अन्तरगत शुक्रबार सम्पन्न फाइनल खेलमा पर्साले सप्तरीलाई हराउदै सो उपाधी हात पारेको हो ।
प.बि.मा.बि.को खेल मैदानमा सम्पन्न फाईनलमा सप्तरीले टस जिती पहिलो ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेलमा सम्पुर्ण बिकेट गुमाई १ सय ४० रन बनाएको थियो । रोहन बिकले ४६ बलमा ७ चौक्का र २ छक्काको मद्दतले ५४ रनको योगदान दिएका थिए । अन्य ब्याटसम्यानमा महवुव आलमले २५ तथा बिकास दासले १६ र अमित दासले १० रनको योगदान दिएका थिए ।
यस्तै बलिंगतर्फ पर्साका सोहेल हवारीले ३ तथा सैदुला अंसारी र फिरोज अंसारीले सामान २ बिकेट लिएका थिए । यता १ सय ४१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको पर्साले उक्त लक्ष्य १९ ओभर १ बलमा ७ बिकेटको नोक्सानीमा प्राप्त गरेको थियो ।
पर्साका लागि हासिम अंसारी २९, सोनु अंसारी २५, सैदुला अंसारी २३ तथा सैफुला अन्सारीले नटआउट १७ रनको योगदान दिएका थिए । बलिंग तर्फ सप्तरीका बिवेक यादवले ३ तथा बिकास दास, रोहित सिंह र महवुव आलमले सामान १ बिकेट लिएका थिए । सो खेलको म्यान अफ द म्याच पर्साका सैदुला अन्सारी घोषित भएका थिए ।
यस्तै शुक्रबारै तेश्रो स्थानका लागि सम्पन्न खेलमा सर्लाहीले टसजिति पहिलो ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेलमा ९ बिकेटको नोक्सानीमा १ सय ३९ रनको योगफल तयार पारेको थियो । १ सय ४० रनको लक्ष्य लिई मैदानमा ओर्लेको बारा २० ओभरमा ८ बिकेटको नोक्सानीमा १ सय १० रन मात्र जोड्न सकेको थियो । सो खेलको म्यान अफ द म्याच सर्लाहीका समसाद सेख घोषित भएका थिए ।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यतामा तथा जिल्ला खेलकुद बिकास समिति सप्तरीको उपाध्यक्ष धिरेन्द्र वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजबिराज नगरपालिका वडा नं. ५ का अध्यक्ष समिर झा, सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठ, सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेल, प्रतियोगिताको संयोजक रवी राय लगायतले बिजेता उपबिजेता खेलाडिहरुलाई प्रमाण पत्र तथा मेडल बितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ