News Category 2075/11/17
सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित

दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
प्रदेश नं. २ स्तरीय छनौट क्रिकेट प्रतियोगिता अन्र्तगत शुक्रबार समापन कार्यक्रमको अवसरमा सप्तरी क्रिकेट संघले वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ सिंह तथा तृपित नारायण साहलाई सम्मान गरेको छ ।
बि.स. २०३८ सालदेखि सप्तरीको क्रिकेट बिकासमा महत्वपूर्ण योगदान पु¥याएका वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ सिंहलाई ताम्रपत्र तथा खादा ओढाई सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठले सम्मान गरेका छन् ।
सिंहले उत्पादन गरेका महत्वपूर्ण खेलाडी मध्ये किर्तिमानी क्रिकेटर महवुव आलम, दिपेन्द्र चौधरी, सन्दिप श्रेष्ठ तथा शैलेन्द्र खड्का लगायतको तर्फबाट महवुव आलमले निजलाई ट्याकसुट, स्पोर्टस जुता, मायाको चिनो तथा प्रशंशा पत्रसहित खादा ओढाई सम्मान गरिएको हो ।
यस्तै अम्पाएर स्कोरर संघ सप्तरीका तर्फबाट संयोजक निरज सिंह तथा रोशन मण्डलले संयुक्त रुपमा कदर पत्र सहित खादा ओढाई उनलाई सम्मान समेत गरेको छ ।
त्यसै गरि सप्तरी क्रिकेट संघले जिल्ला खेलकुद बिकास समितिमा बिगत ३० बर्षदेखि कार्यरत तृपित नारायण साहलाई समेत ताम्रपत्र सहित दोसल्ला ओढाई सम्मान गरेका छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ