News Category 2070/10/14
रायपुरका टुहुरा बालबालिकालाई आर्थिक सहयोग जुट्दै
दैनिक संवाददाता
राजविराज, १३ माघ ।
बुबा आमा गुमाएका सप्तरीको नकटी रायपुर गाविसका सातजना टुहुरा बालबालिकाहरुलाई बिभिन्न संघसंस्था तथा ब्यक्तिहरुले सहयोग प्रदान गर्दै आएका छन् । यसैक्रममा सोमवार आमा बुवा गुमाएका ती बालबालिकालाई काठमाण्डौको धापासी ग्रिनल्याण्ड निवासी माया शेर्पाले जिल्ला प्रहरी कार्यालय सप्तरीमार्फत पठाएको नगद रु. ५० हजार प्रदान गरिने सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
सप्तरीको रायपुर गाविस ६ निवासी ३२ वर्षिय राजकुमार यादव र उनकी २५ वर्षिया श्रीमती शिलादेवी यादवको मोटरसाइकलको ठक्करबाट यही पुस २० गते मृत्यु भएपछि निजका सात जना सन्तानहरुको कन्तबिजोक भएको समाचार सार्वजनिक भएपछि बिभिन्न पक्षबाट सहयोग जुट्ने क्रम बढ्ेको हो ।
यसअघि माघ ५ गते टुहुरा ती बालबालिकाहरुलाई मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका सभासद् डा. बाबुराम पोखरेलले आर्थिक सहयोग स्वरुप नगद रु. ३० हजार प्रदान गर्नुभएको थियोे ।
यस्तै गतसाता मात्र मृतक यादव दम्पतिलाई ठक्कर दिने मोटरसाईकल चालक बिराटनगर उपमहानगरपालिका ११ निवासी शंकर बस्नेतले मृतका सातजना सन्तानको लालनपालन र शिक्षाका लागि नगद रु. ३ लाख ५० हजार सहयोग प्रदान गरेको थियो ।
यता स्थानियहरुको सहयोगमा टुहुरा बालबालिकाहरुलाई सहयोगार्थ रकम जुटाउन राजविराजस्थित सनराइज बैंकमा खाता खोलिएको छ ।
मृतक यादवकी जेठी छोरी दुर्गा यादव र माइली छोरी दिपिकाको नाम खोलिएको उक्त बैंकको खाता नम्बर ०२४१०२३३६८९०१८ मा सहयोग स्वरुपको रकम जम्मा गरिदिन सबैसँग पीडित परिवारले आग्रह गरेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रायपुर गाविस ८ अन्तरगत रुपनीस्थित खाँडो खोलामा पुस २० गते साँझ बिराटनगरबाट आइरहेको ना.२०प. ६५६४ नम्बरको मोटरसाइकलले साइकलमा सवार यादव दम्पत्तिलाई पछाडीबाट ठक्कर दिँदा उनीहरुको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ