News Category 2070/10/14
तीनसय भन्दा बढी बाख्राहरुलाई पीपीआर भ्याक्सिन लगाइयो
दैनिक संवाददाता
राजविराज, १३ माघ ।
सप्तरीको पंसेरा गाविसमा तीन सय भन्दा बढी बाख्राहरुमा निःशुल्क पीपीआर रोग बिरुद्धको भ्याक्सिन लगाइएको छ ।
सप्तरीको पंसेरा गाविसमा रहेको बिभिन्न सामुदायिक संस्थाहरुमार्फत हुँदै आएको बाख्रापालनमा पीपीआर रोगले क्षति पु¥याउन थालेपछि पशु सेवा केन्द्र कड्रबोनाको सहयोगमा वातावरण संरक्षण केन्द्र हर्दिया सप्तरीले बाख्राहरुमा पीपीआर रोग बिरुद्धको भ्याक्सिन लगाएको हो ।
गरिबी निवारण कार्यक्रम अन्तर्गत सामुदायिक संस्थाहरुलाई प्रदान गरेको ब्राखाहरुमा पीपीआर रोगले क्षति पु¥याउँदै आएकाले त्यसलाई रोक्न भ्याक्सिन लगाएको वातावरण संरक्षण केन्द्र हर्दिया सप्तरीका कार्यक्रम संयोजक रिद्धीलाल चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पंसेरा गाविस वडा नम्बर १ मा जानकी सामुदायिक संस्थाका २४,सोही वडाका लक्ष्मी सरस्वती सामुदायिक संस्थाका ४०, वडा नम्बर २ को खुसी सामुदायिक संस्थाका ३१, वडा नम्बर ३ को आरती सामुदायिक संस्थाका ४२, वडा नम्बर ४ को सलहेश सामुदायिक संस्थाको ३६, वडा नम्बर ५ को राजाजी सामुदायिक संस्थाको ३८, वडा नम्बर ६ को रामेश्वरी सामुदायिक संस्थाका ३२, वडा नम्बर ७ को अमहा सामुदाियक संस्थाका ६९, वडा नम्बर ८ को डाँफे सामुदायिक संस्थाको ३९ र वडा ९ को दलित प्रगतिशिल सामुदायिक संस्थाको २२ वटा गरी ३ सय ७३ वटा बाख्राहरुमा पीपीआर भ्याक्सिन लगाएको छ ।
पशु सेवा केन्द्र कड्रबोनाका पशु चिकित्सक मो. मज्जिद आलम र राजेन्द्र प्रसाद चौधरीले बाख्रामा पीपीआर भ्याक्सिन लगाएको थियो ।
यता जिल्ला पशु सेवा कार्यालय सप्तरीले राष्ट्रिय पीपीआर अभियान कार्यक्रम अन्तर्गत बाख्राहरुमा लाग्ने महामारी रोग पीपीआर रोग नियन्त्रणका लागि सप्तरीको बिभिन्न गाविसमा निशुल्क भ्याक्सिन लगाउँदै आएको जिल्ला पशु सेवा कार्यालय सप्तरीका प्रमुख डा काशीनाथ यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ