News Category 2070/10/17
सप्तरीमा माघ २५ देखि २७ सम्म हातीपाइले औषधि खुवाइने
दैनिक संवाददाता
राजविराज, १६ माघ ।
हात्तीपाइले विरुद्धको औषधी अभियान सञ्चालन गरेपछि हातीपाइले रोगबाट संक्रमितको संख्या बर्षेनी कम हुँदै गएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयमा बिहीबार आयोजित सञ्चारकर्मीसँगको अन्तक्रियामा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले तीन वर्षअघिदेखि सप्तरीमा सुरु गरेको हात्तीपाइले रोगविरुद्धको अभियानका क्रममा २०६८ मा ६१७ जना, २०६९ मा ५५९ जना र २०७० मा ४२६ जनामा हात्तीपाइलेको सङ्क्रमण भेटिएको जानकारी दिनुभयो ।
माघ २५ देखि २७ गतेसम्म तीन दिन सञ्चालन हुने हात्तीपाइले विरुद्धको अभियानमा यस जिल्लाका ११४ वटै गाविस र एक नगरपालिकाका ६ लाख १४ हजार ५ सय २९ जनालाई हातीपाइले रोग बिरुद्धको औषधी खुवाईने प्रमुख झाले बताउनुभयो ।
गर्भवती, सात दिनसम्मका सुत्केरी, दीर्घरोगीहरु र ७० वर्र्षमाथिका वृद्धवृद्धालाई भने हातीपाइले रोग बिरुद्धको औषधि खुवाइने छैन ।
जिल्लाबाट हात्तीपाइले रोग उन्मूलन गर्न छ चरणमा औषधि खुवाउने अभियानअन्तर्गत चौथो चरणको औषधि वितरण गर्न लागिएको बताउँदै प्रमुख झाले पहिलो दिन निर्धारित स्थानमा र छुटेकालाई घरमै पुगेर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइने बताउनुभयो ।
सप्तरीमा २०६७ मा ६७ प्रतिशतलाई, २०६८ मा ७२ प्रतिशत र २०६९ मा नेपालमै सबैभन्दा बढी ८८ प्रतिशत व्यक्तिलाई हात्तीपाइलेको औषधि खुवाइएको जिलला जनस्वास्थ्य कार्यालय सप्तरीका सुपरीवेक्षक नारायण राउतले बताउनुभयो ।
सरकारले सन् २०२० सम्ममा मुलुकबाटै हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएकोकाले यो अभियान अन्तर्गत करिब ९० प्रतिशत व्यक्तिलाई ओषधी खुवाइने लक्ष्य रहेको राउतको कथन छ ।
हात्तीपाइलेको औषधि खुवाउने अभियानलाई सर्वसाधारणबीच लैजान र नकारात्मक हल्लाका कारण ग्रामिण भेग भन्दा शहरी क्षेत्रमा औषधी खाने व्यक्तिको संख्या कम रहेको बताउँदै प्रमुख झाले जोखिमको दृष्टिकोणले ग्रामिण क्षेत्र भन्दा शहरी क्षेत्र बढी जोखिमपुर्ण रहेकाले हातीपाइले रोग बिरुद्धको औषधी प्रति देखिएको नाकारात्मक हल्लालाई निरुत्साहित गर्न माघ २५ गते राजविराजमा कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई सामूहिक रुपमा औषधि खुवाइने जनस्वास्थ्य प्रमुख झाले बताउनुभयो ।
औषधी खाएपछि कसैलाई ज्वरो आउने, टाउको दुख्ने, रिङटा लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने जस्ता समान्य खालका असर हुन सक्ने भएपनि यसलाई जिवाणु शरिरबाट मर्दै गएको बुझ्नुपर्ने सुझाव दिनुहुँदै प्रमुख झाले यो औषधी खानाले मान्छे मर्ने होईन बरु यसबाट शरिरभित्र रहेका अन्य जिवाणुहरु समेत मर्ने भएकाले निर्धक्कतापुर्वक औषधी खान सबैसँग आग्रह गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ