News Category 2070/10/17
बिरामी र बाल कल्याण गृहका बिद्यार्थीलाई फलफुल बितरण
दैनिक संवाददाता
राजविराज, १६ माघ ।
सहिद दिवसको अवसरमा बिहीबार सहिद साकेत पार्क व्यवस्थापन समितिले बिरामी तथा बाल कल्याण गृहका बिद्यार्थीहरुलाई फलफूल बितरण गरेका छ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका एक सय जना बिरामीहरुलाई फलफुल बितरण गरिएको पार्क व्यवस्थापन समितिका संयोजक सुमेशचन्द्र मिश्रले जानकारी दिनुभयो ।
सो अवसरमा अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डा. रामनारायण चौधरी, मधेशी जनअधिकार फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, नेपाली काग्रेसका नगर सभापति शम्भुलाल देव, पार्क व्यवस्थापन समितिका कोषाध्यक्ष अजित कुमार मिश्र (पप्पु), नेवि संघका समिर झा, जयप्रकाश यादव लगायतका व्यक्तिहरुले बिरामीहरुलाई फलफूल बितरण गर्नुभयो ।
त्यसैगरि बिहीबारै सहिद साकेत पार्क व्यवस्थापन समितिले बाल कल्याण गृहका विद्यार्थीहरुलाई फलफुल बितरण गरिएको छ ।
यस्तै सहिद दिवसकै अवसरमा बिहीबारै राजविराजस्थित सहिद साकेत पार्कमा रहेको साकेत चन्द्र मिश्रको शालिकमा राजविराज नगरपालिकाका कार्यकारी अधिकृत तथा व्यवस्थापन समितिका पदाधिकारी लगायतले माल्यार्पण गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ