News Category 2070/10/18
प्रहरीद्वारा ट्रयाक्टरसहित ५२ बोरा सुपारी नियन्त्रणमा
दैनिक संवाददाता
राजविराज, १७ माघ ।
नेपालबाट भारततर्फ अवैध रुपमा लैजादै गरेको ट्रयाक्टरसहित ५२ बोरा सुपारी नेपाल र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले बिहीबारराती सप्तरीको नर्घाेबाट नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय पातोका प्रहरी नायव निरीक्षक जगदीश पासवान र सशस्त्र बेश क्याम्प पातोका सशस्त्र प्रहरी निरीक्षक अगम बहादुर राईको नेतृत्वमा खटिएको संयुक्त गस्ती टोलीले नर्घोबाट सुपारी नियन्त्रणमा लिएको हो ।
सप्तरीको नर्घो गाविस ९ स्थित सडक खण्डमा स. १ त. ४२६ नम्बरको ट्रयाक्टरमा लोड गरि भारततर्फ लैजादै गरेको अवस्थामा राती करिब ११ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी नायब उपरिक्षक राजकुमार वैदबारले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी नायब उपरिक्षक राजकुमार वैदबारले सुपारी तस्करी नियन्त्रणका लागि चलाएको अभियान अन्तरगत नियन्त्रणमा लिइएको ५२ बोरा सुपारीको मुल्य ३ लाख ४३ हजार २ सय रहेको जानकारी दिनुभयो ।
प्रत्येक बोरामा ६० केजीको दरले जम्मा ३ हजार १ सय २० केजी सुपारी रहेको जानकारी दिदै नायब प्रहरी उपरिक्षक वैदबारले नियन्त्रणमा लिएको ट्रयाक्टर र सुपारीलाई आवश्यक कार्वाहीका लागि शुक्रबार तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ