News Category 2075/12/13
छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु
दैनिक समाचारदाता
सर्लाही, १३ चैत ।
सर्लाहीको गोडैता नगरपालिका ६ बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लोड गरिएको ट्याक्टरको मुनि किचिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।
ना १ त ६६६६ नम्बरको ट्र्याक्टरको टेलरमुनि सुतिरहेको अवस्थामा मङ्गलबार राति टाउको किचिएको अवस्थामा बलरा नगरपालिका ५ अर्नाहाका २६ वर्षीय शम्भु महतो शव फेला परेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिएका छन् ।
शवको प्रकृति हेर्दा मृतकको टाउको टेलर बाहिर निस्केकाले अन्य कुनै सवारी साधनले रातिको समयमा किचेको हुनसक्ने प्रहरीको अनुमान छ । महतो ट्याक्टर चालक रहेको प्रहरीले जनाएको छ । उनी उखु लिएर चिनी मिलमा गएको थियो । घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी मोटरसाइकल दुर्घटनामा परी मंगलबार साँझ एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर नगरपालिका २ का ६५ वर्षीया मोसतकीमा खातुन रहेको छ । ना ३ प ५५४ नम्बरको मोटरसाइकलमा चढेर हरिपुरबाट मलङ्गवातर्फ आउँदै गरेको अवस्थामा मलङ्गवा ४ सर्लाही क्याम्पस नजिक दुर्घटना हुँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा स्थानीय श्रीराम हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै भैँसी चराउन गएकी ईश्वरपुर नगरपालिका १५ सुक्नाहका राकेश साहको पाँच वर्षीया छोरी काजल साहको भैँसीबाट लडेर मंगलबार साँझ मृत्यु भएको छ ।
भैँसीको डोरी कम्मरमा बाँधी घर आउँदै गरेको अवस्थामा भैँसी भाग्दा डोरीले बाँधिएकी काजल भैँसीबाट लडी लछारपछार भई घाइते बनेकी थिइन् । उनलाई उपचारका लागि ईश्वरपुर बजारतर्फ लैजाँदै गर्दा बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ