News Category 2075/12/14
बम काण्डको दोषि ठहर गर्दै संजय साहसहित सात जनालाई जन्मकैद
दैनिक समाचारदाता
जनकपुर, १४ चैत ।
तत्कालीन सांसद एवं पूर्व राज्यमन्त्री सञ्जयकुमार साह (टक्ला)सहित ७ जनालाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ भने एक जनाले सफाइ पाएका छन् ।
६ वर्ष अघि जनकपुरस्थित रामानन्द चौकमा भएको बम काण्डको दोषी ठहर गर्दै धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले सातै जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
जन्मकैदको सजाय पाउनेहरुमा सञ्जय साह ’टक्ला’, अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण र रिपेन्द्र झा रहेका छन् ।
यस्तै ओमप्रकाश यादवलाई ५ वर्षको कैद तोकिएको छ भने सुजितकुमार पाण्डेले सफाइ पाएका छन् भने फरार अभियुक्तहरु जितेन्द्रकुमार कर्ण, आदित्य देव, फूलकुमार यादव र नारायण भन्ने उमेश तिवारी मुद्दा भने मुलतबीमा राखेको छ ।
२०६९ साल वैशाख १८ गते भएको विस्फोटमा रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दास गरि ५ जनाको मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ