News Category 2075/12/18
पत्थरगाढामा ग्लोबल बैंक संचालन
दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
ग्लोबल आइएमई बैंकले सेवा बिस्तार गर्दै सोमबारदेखी सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ९ पत्थरगाढामा बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहले शाखाको उद्घाटन गर्दै स्थानिय तहमा बैंकिङ्ग सेवा बिस्तार भएकोमा धन्यवाद र खुशी व्यक्त गरेका छन् । उनले ग्रमिण जनता पनि अब बैंकिङ्ग सेवा सरल र सहज रुपले पाउने विश्वास व्यक्त गरे ।
ग्लोबल आइएमई बैंक शाखा राजविराजका प्रमुख मनिष महासेठले बैंकको गतिविधि र भावी कार्यक्रम बारे जानकारी गराउँदै शाखारहित बैंकिङ्ग सेवाबाट यस क्षेत्रका जनताले रेमिट्यान्स, मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, नयाँ खाता संचालन, रकम ट्रान्सफर, मोबाइल रिचार्ज, पानी र विद्युत महसुल भुक्तानी लगायतका सेवा सहज रुपमा पाउने जानकारी दिए ।
बैंकका सहायक सरोज कुमार यादवद्वारा संचालित कार्यक्रममा पत्रकार महासंघ प्रदेश २ का पार्षद् मनोज कुमार माझी, प्रहरी नायब निरिक्षक डम्बर बहादुर केसी, वडा अध्यक्ष कर्णदेव चौधरीलगायतले पनि शुभकामना दिँदै सेवा संचालनले यस भेगका जनताको वित्तिय सेवामा पहुँच भई आर्थिक कारोबार नगदमा गर्नुपर्ने बाध्यता हट्नुका साथै आर्थिक सुरक्षा पनि मिल्ने विश्वास व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ