News Category 2075/12/20
प्रदेश ३ र सुदूरपश्चिम प्रदेशद्वारा हावाहुरी प्रभावितलाई एक÷एक करोड सहयोग, प्रदेश सभा ३ का सांसदद्वारा तीन दिनको तलब
दैनिक समाचारदाता
काठमाडौं, १९ चैत ।
प्रदेश ३ र सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्साका हावाहुरी प्रभावितलाई आवास निर्माणका लागि छुट्टाछुट्टै एक÷एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
अस्थायी मुकाम हेटौडामा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले आर्थिक सहयोगको निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंंगेलले जानकारी दिएका छन् ।
यस्तै प्रदेश सभा ३ ले बारा र पर्साका हावाहुरी प्रभावितलाई ३ दिन बराबरको तलव सहयोग गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आफ्ना १ सय ९ सदस्यबाट ३ दिनको तलव सहयोग गर्ने निर्णय गरेको कांग्रेस सचेतक छिरिङ्ग दोर्जे लामाले जानकारी दिए ।
सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभामा जानकारी गराउने र तलबबाट सिधै काटेर सहयोग गर्ने निर्णय गरेको हो ।
यस्तै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश २ को बारा र पर्साका आँधी(हुरी प्रभावितहरुका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आँधीबाट विस्थापित भएका पीडितहरुका लागि एक करोड रकम सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।
मन्त्रिपरिषदको निर्णयअनुसार सहयोग रकम प्रदेश नम्बर २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा जम्मा गरिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
- 2082/04/20 राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
- 2082/04/19 कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
- 2082/04/19 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
- 2082/04/19 मिडिया काउन्सीलद्वारा सुझाव संकलन
- 2082/04/18 जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
- 2082/04/18 करेन्ट लागेर यूवकको मृत्यु
- 2082/04/18 हवाई फायर गरि प्रहरीद्वारा लागु औषधसहित दुई पक्राउ
- 2082/04/17 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि केदार र उमेश मैदानमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ