News Category 2075/12/20
हावाहुरी प्रभावित परिवारलाई प्रदेश २ सरकारले घर बनाइदिने
दैनिक समाचारदाता
जनकपुर, २० चैत ।
वारा र पर्सामा गएको हुरी प्रभावितहरुलाई प्रदेश २ सरकारले शौचालयसहित चारकोठे घर बनाइदिने भएको छ । जसमा शौचालयसहित भन्सा र ३ वटा कोठा गरी चार कोठा हुनेछ ।
बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले हुरीका कारण पूर्ण रुपमा क्षतिग्रस्त घरहरु आगामी चार महिनाभित्रै सरकार बनाइदिने बताएका हुन् ।
त्रिपालमुनी रहेका पीडितहरुलाई गर्मीका कारण समस्या भइरहेको भन्दै उनले केहि दिनभित्रै टेन्टभित्र सारिने बताए । उद्दार सकिए लगतै राहत वितरण प्रभावकारी भएको भन्दै उनले सहयोग गर्नेहरुलाई धन्यवाद समेत दिए ।
प्रदेशका आन्तरिक मामिलामन्त्रीले प्रदेशसभालाई दिएको जानकारीअनुसार हुरीका कारण बारामा २७ र र पर्सामा एक जनाको मृत्यु भएको छ । करिव एक हजार घाइते भएका छन् ।
उनका अनुसार बारामा ९ सय ५८ परिवारको घर पूर्णरुपले र ९ सय २२ को आंशिक रुपले क्षतिग्रस्त भएको छ । यस्तै पर्सामा १ सय २२ घर पूर्ण रुपले र ३ सय ८७ घर आंशिक रुपले क्षतिग्रस्त भएको प्रारम्भिक तथ्यांक आएको उनले बताए ।
प्रदेशसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले बर्षा अगाबै सबैको घर बनिसक्ने बताए । संघीय सरकारसँग समन्वय गरेर घर बनाउन थाल्ने उनले बताए ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले हुरीका कारण प्रभावित क्षेत्रमा बत्तिको समस्या भएको सुनाए । तीन दिनभित्र बत्ति बाल्ने काम सम्पन्न गर्ने गरी काम भइरहेको बताए । प्रभावित वस्तीमा खानेपानीको अभाव हुन नदिन प्रभावित वस्तीमा ट्युववेलको व्यवस्था गरिएको सुनाए ।
प्रदेश २ का सांसदहरुले बारा र पर्साका हाबाहुरी पीडितका निम्ति आफ्नो तलव दिने घोषणा गरेका छन् । प्रदेशका २ जना सांसद अशोक यादव र फूल बाबुले एक महिनाको तलव दिने घोषणा गरेको प्रदेश २ का सभामुख सरोज यादवले जानकारी दिए । यस्तै १ सय ५ जना सांसदले एक हप्ताको तलव दिने घोषणा गरेको सभामुख यादवले बताए ।
बुधबारको प्रदेशसभा बैठकले हाबाहुरीका कारण ज्यान गुमाउनेहरुप्रति श्रद्वाञ्जली व्यक्त गर्दै शोकसभा पारित गरेको छ । शोक प्रस्ताव पारित भएसँगै प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको सभामुख यादवले घोषणा गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ