News Category 2075/12/20
हावाहुरी प्रभावित परिवारलाई प्रदेश २ सरकारले घर बनाइदिने
दैनिक समाचारदाता
जनकपुर, २० चैत ।
वारा र पर्सामा गएको हुरी प्रभावितहरुलाई प्रदेश २ सरकारले शौचालयसहित चारकोठे घर बनाइदिने भएको छ । जसमा शौचालयसहित भन्सा र ३ वटा कोठा गरी चार कोठा हुनेछ ।
बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले हुरीका कारण पूर्ण रुपमा क्षतिग्रस्त घरहरु आगामी चार महिनाभित्रै सरकार बनाइदिने बताएका हुन् ।
त्रिपालमुनी रहेका पीडितहरुलाई गर्मीका कारण समस्या भइरहेको भन्दै उनले केहि दिनभित्रै टेन्टभित्र सारिने बताए । उद्दार सकिए लगतै राहत वितरण प्रभावकारी भएको भन्दै उनले सहयोग गर्नेहरुलाई धन्यवाद समेत दिए ।
प्रदेशका आन्तरिक मामिलामन्त्रीले प्रदेशसभालाई दिएको जानकारीअनुसार हुरीका कारण बारामा २७ र र पर्सामा एक जनाको मृत्यु भएको छ । करिव एक हजार घाइते भएका छन् ।
उनका अनुसार बारामा ९ सय ५८ परिवारको घर पूर्णरुपले र ९ सय २२ को आंशिक रुपले क्षतिग्रस्त भएको छ । यस्तै पर्सामा १ सय २२ घर पूर्ण रुपले र ३ सय ८७ घर आंशिक रुपले क्षतिग्रस्त भएको प्रारम्भिक तथ्यांक आएको उनले बताए ।
प्रदेशसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले बर्षा अगाबै सबैको घर बनिसक्ने बताए । संघीय सरकारसँग समन्वय गरेर घर बनाउन थाल्ने उनले बताए ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले हुरीका कारण प्रभावित क्षेत्रमा बत्तिको समस्या भएको सुनाए । तीन दिनभित्र बत्ति बाल्ने काम सम्पन्न गर्ने गरी काम भइरहेको बताए । प्रभावित वस्तीमा खानेपानीको अभाव हुन नदिन प्रभावित वस्तीमा ट्युववेलको व्यवस्था गरिएको सुनाए ।
प्रदेश २ का सांसदहरुले बारा र पर्साका हाबाहुरी पीडितका निम्ति आफ्नो तलव दिने घोषणा गरेका छन् । प्रदेशका २ जना सांसद अशोक यादव र फूल बाबुले एक महिनाको तलव दिने घोषणा गरेको प्रदेश २ का सभामुख सरोज यादवले जानकारी दिए । यस्तै १ सय ५ जना सांसदले एक हप्ताको तलव दिने घोषणा गरेको सभामुख यादवले बताए ।
बुधबारको प्रदेशसभा बैठकले हाबाहुरीका कारण ज्यान गुमाउनेहरुप्रति श्रद्वाञ्जली व्यक्त गर्दै शोकसभा पारित गरेको छ । शोक प्रस्ताव पारित भएसँगै प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको सभामुख यादवले घोषणा गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/05 कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग
- 2082/03/05 विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
- 2082/03/04 सर्वदलिय बैठकबाट विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय
- 2082/03/04 नगरपालिका कर्मचारीको आन्दोलन जारि
- 2082/03/04 ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
- 2082/03/04 थ्री फेज कृषि विद्युतिकरणको शुभारम्भ
- 2082/03/04 लापरवाही गर्ने ठेकेदारलाई कारवाही तथा निर्माण कार्यलाई गति प्रदान गर्न माग
- 2082/03/03 राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
- 2082/03/03 बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
- 2082/03/03 अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ