News Category 2070/10/19
सन् २०१६ मा खुल्ला दिशापिसाब मुक्त जिल्ला बनाउने तयारी तिब्र
राजविराज÷सप्तरी जिल्लालाई आगामी सन् २०१६ सम्ममा खुल्ला दिशामुक्त जिल्ला घोषणको तयारी तिब्र भएको छ ।
जिल्ला विकास समिति सप्तरी र गाविस कार्यालयहरुको सहयोगमा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीले जिल्लालाई खुल्ला दिशामुक्त घोषणाको तयारी तिब्र बनाएको हो ।
कुनै एक पक्ष वा कसैले प्रयत्न गर्दैमा जिल्ला खुल्ला दिशामुक्त घोषणा हुन नसक्ने भएकाले समुदाय र सरकारी साझेदारीमा गाउँ गाउँमा चर्पी निर्माणको काम तिब्रता दिइएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरकिा प्रमुख राजकुमार यादवले बताउनुभयो ।
चर्पी निर्माणसँगै शौचालयमै दिशापिसाब गर्न र सरसफाईका लागि जनचेतनामुलक अभियान समेत जारी राखेको प्रमुख यादवको कथन छ ।
सप्तरीका २१ प्रतिशत जनतासँग मात्र चर्पी रहेको र करिब ७९ प्रतिशत जनता अझै खुल्ला रुपमा दिशापिसाब गर्न बाध्य रहेकोले २१ प्रतिशतबाट आगामी दुई बर्षभित्र घरघरमा चर्पी निर्माण गरिसक्ने लक्ष्य लिएको प्रमुख यादवले जानकारी दिनुभयो ।
अहिलेसम्म सप्तरीको कञ्चनपुर गाविसलाई एक वर्षअघि नै खुल्ला दिशापिसाब मुक्त गाविस घोषणा गरिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ