News Category 2070/10/21
जनताको सुझाव संकलन गर्न सभासद् यादवले बिभिन्न स्थानमा सुझावपेटीका राखे
दैनिक संवाददाता
राजविराज, २० माघ ।
‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी, ग्रिन राजविराज, क्लिन राजविराज” को अभियान शुरु गर्नुभएका एमाओवादी केन्द्रिय सदस्य तथा सप्तरी क्षेत्र नं. ३ का सभासद् उमेश कुमार यादवले अभियानलाई निरन्तरता दिन राजविराज लगायत ग्रामिण भेगमा सुझाव संकलन पेटिका राख्नु भएको छ ।
निरन्तर जनताको बिचमा रही जनताको सुझाव र निर्देशन प्राप्त गर्ने उद्देश्यले सभासद् यादवले सदरमुकाम राजविराजसहित बिभिन्न गाविसमा सोमबार सुझाव पेटीका राखेको पत्रकार सम्मेलन गरि जानकारी दिनुभयो ।
निर्वाचित भएलगतै सप्तरीको बिकासका लागि ‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी, ग्रिन राजविराज, क्लिन राजविराज” को अभियान शुरु गर्नुभएका सभासद् यादवले अभियानलाई सफल बनाउन तथा निरन्तर जनताको सुझाव र निर्देशन प्राप्त गर्ने उद्देश्यका साथ बढी जनताको जमघट हुने स्थानमा सुझावपेटी राख्नु भएको हो ।
संबिधान निर्माणका लागि आफु राजधानी गएपनि जनताको सुझाव र निर्देशनलाई संकलन गर्न पार्टीका बिभिन्न तहतप्काका नेता कार्यकर्ताको सहयोगमा सदरमुकामको १० स्थान तथा बिभिन्न गाविसको १४ स्थानमा सुझाव तथा निर्देशन पेटीका राखिएको सभासद् यादवले जानकारी दिनुभयो ।
राजविराजस्थित गजेन्द्र चौक, जनआन्दोलन चौक, रुपनी मोड, कुनौली मोड, सखडा मोड, तेतरी गाछी, राजदेवी चौक, हिमालय राइस मिल, पुलचौक सहित डुमरी शिबथान, सखडा, बरही बिरपुर, हरिहरपुर, झल्ही पुल लगायतका स्थानमा सुझाव पेटीका राखिएको छ ।
राजविराजस्थित पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सभसाद् यादवले बिगतमा चुनाव जितेर जाने तर जनताको भावनालाई बुझन् कहिले जनताको बिचमा नजाने बिगतका जनप्रतिनिधिहरुले गरेपनि आफुले निरन्तर जनताको मत बुझन् र सुझावहरु संकलन गर्न सुझाव पेटीका राखिएको बताउनुभयो ।
सुझावपेटीकामा आउने सुझावहरुलाई मनन गरी गर्नुपर्ने जनताको काम इमान्दारितापुर्वक गर्ने र जिज्ञासाको उत्तर एक हप्ताभित्र सम्बन्धित जनताको स्थानमै पु¥याउने सभासद् यादवको कथन थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ