News Category 2070/10/21
खारेजपछि पनि प्रशारण भइरहेको रेडियोस“ग दैनिक रोयल्टी असुलिने ः संचार मन्त्रालय
दैनिक संवाददाता
राजविराज, २० माघ ।
संचार मन्त्रालयले सप्तरीका दुईसहित मुलुकभरका बिभिन्न २८ वटा रेडियोको इजाजत पत्र खारेज गरिदिएपछि पनि संचालनमा रहेको रेडियोहरुसँग दैनिक रुपमा रोयल्टी लिने भएको छ ।
राष्ट्रिय प्रशारण नियमावली, २०५२ को नियम ९ को क ले तोकेको समयभित्र प्रशारण प्रारम्भ नगरेका कारण सप्तरीबाट प्रशारित अप्पन एफएम र दर्ता भएर पनि प्रशारणमा नरहेको रेडियो मधेशको इजाजत पत्र खारेज गरेको हो ।
मन्त्रालयको श्रव्य दृश्य शाखाका अनुसार इजाजत पत्र खारेज भएपछि पनि संचालनमा रहेका रेडियोहरुसँग दोब्बर दण्ड, जरिवाना लिइनेछ । ‘दैनिक रुपमा रोयल्टी, कुल कारोबारको २ प्रतिशतको दोब्बर र नवीकरणको दस्तुरमा लाग्ने शुल्कको दोब्बर रकम लिइनेछ’ उक्त शाखाका एक उपसचिवले भने, ‘‘सबै शिर्षकमा दैनिक रोयल्टी तिरेपछि मात्र नयाँ इजाजत पत्र दिइनेछ ।’’
सूचना तथा संचार मन्त्रालय श्रोतका अनुसार दैनिक रोयल्टी असुल्ने तथा हरेक शिर्षकमा दोब्बर रकम लिएर मात्र नयाँ इजाजत पत्र दिइनेछ ।
मन्त्रालयको श्रव्य दृश्य शाखाका एक उपसचिवले इजाजत पत्र खारेज भए पश्चात पनि प्रशारणमा रहेका अप्पन एफएमको व्यवस्थापन पक्षसँग बयान लिने क्रम जारी रहेको बताउनुभयो । उनले दैनिक रोयल्टी तथा नियम अनुसार लाग्ने जरिवाना तिरे मात्र उक्त रेडियोले नयाँ इजाजत पत्रको प्रकृया अगाडि बढ्ने बताउनुभयो ।
राष्ट्रिय प्रशारण नियमावली, २०५२ को नियमावली को नियम ९ को क इजाजतपत्र वा अनुमति पत्र प्राप्त व्यक्ति वा संगठित संस्थाले इजजात पत्र वा अनुमति पत्र पाएको मितिले १२ महिनाभित्र आफ्नो प्रशारण प्रारम्भ गर्नुपर्ने प्रष्ट रुपमा उल्लेख छ ।
उक्त अवधिभित्र प्रशारण प्रारम्भ गर्न नसक्ने भएमा सोको आधार र कारण समेत खुलाई अवधि थपको लागि त्यस्तो अवधि भुक्तान हुनु अगावै मन्त्रालय समक्ष निवेदन दिनुपर्ने र नदिएमा स्वतः इजाजत पत्र खारेज हुने उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ