News Category 2070/10/21
खारेजपछि पनि प्रशारण भइरहेको रेडियोस“ग दैनिक रोयल्टी असुलिने ः संचार मन्त्रालय
दैनिक संवाददाता
राजविराज, २० माघ ।
संचार मन्त्रालयले सप्तरीका दुईसहित मुलुकभरका बिभिन्न २८ वटा रेडियोको इजाजत पत्र खारेज गरिदिएपछि पनि संचालनमा रहेको रेडियोहरुसँग दैनिक रुपमा रोयल्टी लिने भएको छ ।
राष्ट्रिय प्रशारण नियमावली, २०५२ को नियम ९ को क ले तोकेको समयभित्र प्रशारण प्रारम्भ नगरेका कारण सप्तरीबाट प्रशारित अप्पन एफएम र दर्ता भएर पनि प्रशारणमा नरहेको रेडियो मधेशको इजाजत पत्र खारेज गरेको हो ।
मन्त्रालयको श्रव्य दृश्य शाखाका अनुसार इजाजत पत्र खारेज भएपछि पनि संचालनमा रहेका रेडियोहरुसँग दोब्बर दण्ड, जरिवाना लिइनेछ । ‘दैनिक रुपमा रोयल्टी, कुल कारोबारको २ प्रतिशतको दोब्बर र नवीकरणको दस्तुरमा लाग्ने शुल्कको दोब्बर रकम लिइनेछ’ उक्त शाखाका एक उपसचिवले भने, ‘‘सबै शिर्षकमा दैनिक रोयल्टी तिरेपछि मात्र नयाँ इजाजत पत्र दिइनेछ ।’’
सूचना तथा संचार मन्त्रालय श्रोतका अनुसार दैनिक रोयल्टी असुल्ने तथा हरेक शिर्षकमा दोब्बर रकम लिएर मात्र नयाँ इजाजत पत्र दिइनेछ ।
मन्त्रालयको श्रव्य दृश्य शाखाका एक उपसचिवले इजाजत पत्र खारेज भए पश्चात पनि प्रशारणमा रहेका अप्पन एफएमको व्यवस्थापन पक्षसँग बयान लिने क्रम जारी रहेको बताउनुभयो । उनले दैनिक रोयल्टी तथा नियम अनुसार लाग्ने जरिवाना तिरे मात्र उक्त रेडियोले नयाँ इजाजत पत्रको प्रकृया अगाडि बढ्ने बताउनुभयो ।
राष्ट्रिय प्रशारण नियमावली, २०५२ को नियमावली को नियम ९ को क इजाजतपत्र वा अनुमति पत्र प्राप्त व्यक्ति वा संगठित संस्थाले इजजात पत्र वा अनुमति पत्र पाएको मितिले १२ महिनाभित्र आफ्नो प्रशारण प्रारम्भ गर्नुपर्ने प्रष्ट रुपमा उल्लेख छ ।
उक्त अवधिभित्र प्रशारण प्रारम्भ गर्न नसक्ने भएमा सोको आधार र कारण समेत खुलाई अवधि थपको लागि त्यस्तो अवधि भुक्तान हुनु अगावै मन्त्रालय समक्ष निवेदन दिनुपर्ने र नदिएमा स्वतः इजाजत पत्र खारेज हुने उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ