News Category 2076/01/14
किर्ते प्रकरणमा सिनियर डिभिजनल इन्जिनियर गोईत पक्राउ
राजविराज÷सिरहा प्रहरीले शनिबार पुर्वाधार बिकास डिभिजन कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोईतलाई पक्राउ गरेको छ ।
प्रहरीले इन्जिनियर गोइतलाई किर्ते उपभोक्ता समिति गठन बारे अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।
प्रदेश नम्बर २ को भौतिक पुर्वाधार बिकास मन्त्रालय अन्तरगत सप्तरी जिल्लामा संचालित योजना मध्ये अग्नीसाइर कृष्णासवरण गाउपालिका र छिन्नमस्ता गाउपालिकामा किर्ते उपभोक्ता समिती गठन भएको थियो ।
सो समिति गठन गर्दा बिभिन्न गाउपालिका तथा वडा कार्यालयको लेटरप्याड तथा दस्तखत किर्ते गरि उक्त दुबै स्थानमा सडक निर्माणको उपभोक्ता समिती किर्ते गरि वनाएको आरोपमा प्रहरीले यस अघि नै राजपा नेपालका केन्द्रिय सदस्यद्वय विपी यादब र हरि मण्डललाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।
सोही सम्बन्धमा प्रहरीले इन्जििनियर गोइत समेतको संलग्नता रहेकोले भन्दै अनुसनधानका पक्राउ गरिएको जनाएको छ ।
प्रदेश सरकारको भौतिक पुर्वाधार बिकास मन्त्रालयवाट सप्तरीको अग्नीसाइर कृष्णा सवरण गाउपालिका वडा नम्बर २ र ३ का पर्ने सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत २५ लाख रुपैया वरावरको योजनामा किर्ते गरि उपभोक्ता समिती र सप्तरीकै छिन्नमस्ता गाउपालिका ५ स्थित सडक निर्माणको योजनामा पनि किर्ते गरि उपभोक्ता समिती गठन गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ