News Category 2070/10/22
दुव्र्यवहार गर्ने सईमाथि कार्वाही नभए पत्रकारहरु धर्नामा बस्ने
दैनिक संवाददाता
राजविराज, २१ माघ ।
पत्रकारहरुमाथि दुव्र्यबहार गर्ने प्रहरी नायव निरीक्षक रामनारायण यादवलाई दुई दिनभित्र कार्वाही नगरे क्रान्तिकारी पत्रकार संघ र मधेशी पत्रकार समाज सप्तरी प्रहरी कार्यालय अगाडी धर्ना बस्ने जनाएको छ ।
क्रान्तिकारी पत्रकार संघ सप्तरीका अध्यक्ष राजु विश्वकर्मा र मधेशी पत्रकार समाज सप्तरीका अध्यक्ष शैलेन्द्र सिंहले मंगलवार संयुक्त प्रेस बिज्ञप्ती जारी गरि पत्रकारहरुमाथि दुव्र्यवहार गर्ने सईमाथि कार्वाहीको माग गरेका छन् ।
दुई दिनभित्र सई यादवलाई कुनै किसिमको कार्वाही नगरिए संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय सप्तरीको मूल गेटमा धर्ना बस्ने बिज्ञप्तीमा उल्लेख छ ।
गत पुस २१ गते राति संचारकर्मी सतिश दत्तमाथि दुव्र्यबहार गर्दै सई यादवले रातभर थुनामा राखेको घटनाप्रति ध्यानाकर्षण गराउँदै सई यादवमाथि कार्वाहीका लागि पटक पटक माग गर्दा समेत वेवास्ता गर्दै आएको बिज्ञप्तीमा उल्लेख छ ।
यसअघि पनि गत मंसिर ८ गते को. बर्साइन गाविसमा भइरहेको दोस्रो निर्वाचनको रिपोर्टिङ्ग गर्न गइरहेको समयमा सई यादवले पत्रकारद्वय शैलेश कर्ण र आमेन्द्र यादवलाई बिना कारण गालीगलौज गर्दै दुव्र्यबहार गरेका थिए बिज्ञप्तीमा भनिएको छ–‘‘संचार सम्बद्ध संघ–संगठनले बारम्बार सई यादवमाथि कार्वाहीको माग गर्दै आएपनि जिल्ला प्रहरी प्रमुखसहितका सम्बन्धित निकायले कुनै किसिमको ध्यान नदिंदा हामी दुःखित भएका छौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ