News Category 2070/10/22
मुक्ति रत्न पत्रकारिता पुरस्कार पत्रकार माझिलाई
दैनिक संवाददाता
राजविराज, २१ माघ ।
सप्तरीका वरिष्ठ पत्रकार स्व. मुक्तिनाथ मण्डलको स्मृतिमा विगत चार वर्षदेखी प्रदान गर्दै आइरहेको “मुक्ति रत्न पत्रकारिता पुरस्कार” यसबर्ष पत्रकार मनोज माझीलाई प्रदान गरिएको छ ।
मुक्ति स्मरण समितिको आयोजनामा आयोजित कार्यक्रममा साझा प्रकाशनकी अध्यक्ष ममता झाले पत्रकार माझीलाई उक्त पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि रु. ५ हजार रहेको छ ।
कार्यक्रमका सहभागिहरुले स्व. पत्रकार मण्डलले पत्रकारिता क्षेत्रमा दिनुभएको योगदान बारे चर्चा गर्नुभयो ।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी रामअधिन यादव, वरिष्ठ पत्रकार शिवहरि भट्टराई, प्रेस काउन्सिलका सदस्य मुरली प्रसाद यादव, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साह, महासंघ सप्तरीका पुर्व अध्यक्ष ब्यासशंकर उपाध्याय, सद्भावना पार्टीका केन्द्रीय सदस्य हरिकृष्ण प्रसाद सिंह, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली लगायतले स्व. पत्रकार मण्डल पत्रकारितासँगै कानुन व्यवसायि र राजनीतिज्ञको रुपमा पु¥याएको योगदान बारे चर्चा गर्नुभयो ।
बिद्यार्थी मञ्चका केन्द्रीय सहअध्यक्ष किशोर कुमार यादवद्वारा सञ्चालित कार्यक्रममा मुक्तिनाथ स्मरण समितिका संरक्षक तथा स्व. मण्डलका सुपुत्र अमरनाथ मण्डलले स्वागत गर्नुभयो ।
स्व. मण्डलको आफ्नै प्रकाशनमा सप्तरी दर्पण, धानुक दर्पन नामक पुस्तक प्रकाशन भएको छ भने विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुमा लेख, रचना प्रकाशित भएको छ ।
यसअघि सो पत्रकारिता पुरस्कार शिवहरि भट्टराई, शम्भु झा र व्यासशंकर उपाध्याय (संयुक्त रुपमा), मुरली प्रसाद यादवले प्राप्त गरिसक्नु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ