News Category 2070/10/23
९ गाविसको मात्र प्रथम चौमासिक गाविस अनुदान रकम निकासा
दैनिक संवाददाता
राजविराज, २२ माघ ।
सप्तरी जिल्लाको ९ गाविसको मात्र प्रथम चौमासिक गाविस अनुदान रकम निकासा भएको छ ।
जिल्लाको १ सय १४ गाविस मध्ये २५ वटा गाविसले प्रथम चौमासिक गाविस अनुदान रकम निकासाका लागि दिएको निवेदन मध्ये ९ गाविसको आवश्यक कागजात तथा प्रक्रिया मिलेकोले रकम निकास भएको जिल्ला विकास समिति सप्तरीका सूचना सहायक गौतम चौधरीले जानकारी दिनुभयो ।
यसरी रकम निकासा भएका गाविसहरुमा बरमझिया, सकरपुरा, मलहनमा, देउरी भरुवा, लोहजरा, भारदह, फत्तेपुर, जगतपुर र भंगहा रहेका छन् ।
९ वटै गाविसको प्रथम चौमासिक रकम ३८ लाख १९ हजार ८ सय निकासा भएको सूचना सहायक चौधरीले बताउनुभयो ।
बाँकी रहेका गाविसले माघ मसान्त भित्र प्रथम चौमासिक गाविस अनुदान रकम माग नगरे ती गाविसले प्रथम चौमासिक रकम नपाउने उहाँले बताउनुभयो ।
यता पुस मसान्तसम्म गाविस परिषद् सम्पन्न गराउनु पर्ने प्रावधान रहेकोमा हालसम्म १ सय ५ गाविसले मात्र परिषद् सम्पन्न भएको लिखित पत्र जिविस सप्तरीमा दिएको उहाँले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा पनि गाविस सचिवहरुले विकासीय बजेट र सामाजिक सुरक्षा वापतको बजेटमा ब्यापक अनियमितता गरेको भन्दै गाविस सचिव र प्राविधिक सहायकविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा परेको थियो । पुस मसान्तभित्र परिष्द नगरेका गाविसहरुले विकासीय बजेटको ४० प्रतिशत अनुदान कट्टा हुने नियम छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ