News Category 2070/03/08
कुटपिट गर्नेलाई कार्वाहीको बदला प्रहरीले संरक्षण दियो ः पीडित महिला
दैनिक संवाददाता
राजविराज, ७ असार ।
आफुलाई कुटपिट गर्ने कथित उपल्लो जातका व्यक्तिहरुलाई कार्वाही गर्नुको साटो प्रहरीले संरक्षण दिएको एक दलित महिलाले दुखेसो पोखेकी छिन् ।
पीडित महिलाले शुक्रबार राजविराजमा पत्रकार सम्मेलन गरी आफुलाई न्याय दिलाई दिन आग्रह समेत गरेकी छिन् ।
पुरानो रिसिबी साध्न स्थानीय उपल्लो जातका ब्यक्तिहरुले आफुलाई निर्घात कुटपिट गरी घाईते बनाएपनि प्रहरीले पिडकहरुलाई संरक्षण दिएको सप्तरीको जमुनी मधेपुरा गाविस–९ छपकी निवासी ३० बर्षीया राजकुमारी सरदारले दुखेसो पोखेकी हुन् ।
कुटपिट गर्ने बिरुद्ध जाहेरी दिन जाँदा समेत प्रहरीले उल्टै हप्काउँने र गाली ग्लौज गर्दै जाहेरी दर्ता गर्न नमानेको गुनासो पोख्दै राजकुमारीले पिडकहरुले आफै धम्काउने गरेकोले त्रासपुर्ण वातावरणमा बाच्नुपरिरहेको बताइएकी छिन् ।
आफ्नो ७ बर्षीय छोरा सुन्दर सरदारले आँप टिपेको निहुँमा गत जेठ ३१ गते विहान पहिल्लो पटक स्थानिय लक्ष्मी साह र सुनिता साहले आफुलाई कुटपिट गरेको र त्यसपछि आएका महेश साह, जितेन्द्र साह र हरि साहले कुटपिट गरेको राजकुमारीले बताईन् ।
उनले भनिन्–‘‘ उनीहरुको कुटाईबाट म बेहोस भएपछि प्रहरीले उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सगरमाथा अञ्चल अस्पताल पु¥यायो, त्यहाँ उपचार सम्भव नभएपछि बिराटनगर उपचारका लागि पठायो ।”
कुटपिटबाट टाउको र ढाड गम्भीर चोट लागेको तथा हात भाँचिएको उनको भनाई छ । उपचारको क्रममा बिराटनगरमा रहदाँ समेत पिडकहरुले युवाहरुलाई परिचालन गरेर अनावश्यक मानसिक तनाब दिएको बताउँदै उनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत सई बिश्वनाथ यादवले समेत धम्काएको गुनासो गरिन् ।
जाहेरी दिन पटक पटक प्रहरी कार्यालय धाउँदा समेत घट्नाको आठ दिन सम्म पनि प्रहरीले जाहेरी गर्न नमानेको गुनासो गर्दै घट्ना लग्तै पक्राउ परेका बद्री नारायण साहलाई प्रहरीले छाडेको बताईन् ।
आफु रोजगारको सिलिसिलामा राजधानी काठमाण्डौमा रहेको बेला आफ्नी श्रीमतिमाथि स्थानियहरुले कुटपिट गरेको पिडीत राजकुमारीका पति रामकुमार सरदारले बताएका छन् ।
घाईते श्रीमतिको उपचारमा हालसम्म ५० हजार भन्दा बढी खर्च भईसकेको बताउँदै जिल्ला प्रहरीमा हिजो भएको पञ्चायतमा पिडकहरुले १५ हजार तिर्नुपर्ने सहमति भएपनि पिडकहरुले उक्त रकम नतिर्न मानेको र उल्टै धम्काउँदै आएको रामकुमारले बताएका छन् ।
करिब तीन बर्ष अघि आफ्नो भतिजो उमेश कुमार सरदारले स्थानिय उपल्लो जातकी रमिता साह प्रेम गरी भागेको निहुँमा ति युवतीका आफन्तहरुले अहिले सम्म आफुहरुलाई उत्पीडन दिदै आएको रामकुमारको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ