News Category 2070/10/23
पत्रकार दत्तमाथि भएको दुव्र्यवहार बिरुद्ध महासंघद्वारा आन्दोलनको घोषणा
दैनिक संवाददाता
राजविराज, २२ माघ ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले पत्रकार सतिश कुमार दत्तलाई दुव्र्यवहार गर्ने प्रहरी निरीक्षक र प्रहरी नायव निरीक्षकमाथि कार्वाहीको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
महासंघले २४ घण्टे अल्टिमेटमसहित सप्तरीका प्रमुख जिल्ला अधिकारी रामाधिन यादवलाई ज्ञापनपत्र बुझाउँदै यही माघ १० गतेदेखि आन्दोलनको घोषणा गरेको हो ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किरण गुरुङ र प्रहरी नायव निरीक्षक राम नारायण यादवले महासंघका कार्यसमिति सदस्य दत्तलाई गत पुस २३ गते राति बिना कसुर नियन्त्रणमा लिएर थुनामा राखि शारिरीक र मानसिक यातना दिएको भन्दै ज्ञापनपत्रमा प्रहरी निरीक्षक गुरुङ र प्रहरी नायव निरक्षक यादवमाथि २४ घण्टाभित्र कार्वाही नभए आन्दोलनमा उत्रिन बाध्य हुने जनाएको छ ।
प्रनानि यादवले बिगतमा पनि पत्रकारद्वय शैलेश कर्ण र आमेन्द्र यादवलाई दुव्र्यवहार गरेको र ती घटनाहरुको बारेमा प्रहरी प्रमुख एसपी दिनेश अमात्यलाई कार्वाही गर्न आग्रह गर्दा पनि बेवास्ता गर्दै महासंघको अबमुल्यन गरेकाले बाध्य भई आन्दोलनमा उत्रिन बाध्य भएको भन्दै ज्ञापनपत्रमा २४ घण्टाभित्र उहाँहरुमाथि कार्वाही नभए माघ २४ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बस्ने ज्ञापनपत्रमा उल्लेख छ । साथै महासंघले आन्दोलनमा पत्रकारका सबै संस्थाहरुलाई सहभागि हुन आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ