News Category 2076/02/08
महिलाको रहस्यमय मृत्यु, श्रीमान् पक्राउ
दैनिक समाचारदाता
सिरहा, ८ जेठ ।
सिरहाको कर्जन्हा नगरपालिका बस्तीपुरमा एक महिलाको रहस्यमय मृत्यु भएको छ ।
एक महिना अघि मात्र सिरहाकै कल्याणपुर नगरपालिका ८ स्थित आफ्नै घरमा मट्टितेल खन्याएर आगो लगाई एक महिलाको हत्या भएको थियो ।
बस्तीपुरकी चन्देश्वर यादवकी पत्नी करिब २९ वर्षीया रीतुदेवी यादव मंगलबार अपराह्न घरमा मृत फेला परेकी थिइन् ।
रीतुको मृत्युको सूचना पाए लगत्तै प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुछका लागि पति चन्देश्वरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिएका छन् ।
आफ्नै घरमा मृतावस्थामा भेटिएकी रीतुको घाँटी थिचेर हत्या गरिएको हुन सक्ने आशङ्कामा चन्देश्वरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।
प्रहरी नायब उपरीक्षक खनालका अनुसार चन्देश्वर केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए । ‘घटनाको विषयमा विभिन्न कोणबाट अनुसन्धान थालिएको छ,’ प्रहरी नायव उपरीक्षक खनालले भने, ‘पोष्टमार्टमको प्रतिवेदन नआएसम्म मृत्युको कारणको विषयमा बताउन सकिंदैन ।’
करिब ६ वर्षीया छोरीकी आमा रीतुदेवीको पतिसँगको विवाद वा झैझगडा के थियो भन्ने विषयमा केही खुलेको छैन । यद्यपि, रीतुदेवीले छोरा नजन्माएको निहुँमा पछिल्लो केही समयदेखि पति र परिवारका सदस्यहरुसँग झगडा हुँदै आएको बताइएको छ ।
रीतुले छोरा नजन्माएको निहुँमा श्रीमान्लगायतले पटकपटक यातना दिँदै आएका र सोही कारण उनको हत्या गरेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ