News Category 2076/02/08
महिलाको रहस्यमय मृत्यु, श्रीमान् पक्राउ
दैनिक समाचारदाता
सिरहा, ८ जेठ ।
सिरहाको कर्जन्हा नगरपालिका बस्तीपुरमा एक महिलाको रहस्यमय मृत्यु भएको छ ।
एक महिना अघि मात्र सिरहाकै कल्याणपुर नगरपालिका ८ स्थित आफ्नै घरमा मट्टितेल खन्याएर आगो लगाई एक महिलाको हत्या भएको थियो ।
बस्तीपुरकी चन्देश्वर यादवकी पत्नी करिब २९ वर्षीया रीतुदेवी यादव मंगलबार अपराह्न घरमा मृत फेला परेकी थिइन् ।
रीतुको मृत्युको सूचना पाए लगत्तै प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुछका लागि पति चन्देश्वरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिएका छन् ।
आफ्नै घरमा मृतावस्थामा भेटिएकी रीतुको घाँटी थिचेर हत्या गरिएको हुन सक्ने आशङ्कामा चन्देश्वरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।
प्रहरी नायब उपरीक्षक खनालका अनुसार चन्देश्वर केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए । ‘घटनाको विषयमा विभिन्न कोणबाट अनुसन्धान थालिएको छ,’ प्रहरी नायव उपरीक्षक खनालले भने, ‘पोष्टमार्टमको प्रतिवेदन नआएसम्म मृत्युको कारणको विषयमा बताउन सकिंदैन ।’
करिब ६ वर्षीया छोरीकी आमा रीतुदेवीको पतिसँगको विवाद वा झैझगडा के थियो भन्ने विषयमा केही खुलेको छैन । यद्यपि, रीतुदेवीले छोरा नजन्माएको निहुँमा पछिल्लो केही समयदेखि पति र परिवारका सदस्यहरुसँग झगडा हुँदै आएको बताइएको छ ।
रीतुले छोरा नजन्माएको निहुँमा श्रीमान्लगायतले पटकपटक यातना दिँदै आएका र सोही कारण उनको हत्या गरेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ