News Category 2070/10/25
हात्तीपाइले बिरुद्धको औषधी आजदेखि खुवाईदै
दैनिक संवाददाता
राजविराज, २४ माघ ।
सप्तरीसहितका जिल्लाहरुमा आजदेखि हात्तीपाइले विरुद्धको औषधी खुवाइदैछ । माघ २५ देखि २७ गतेसम्म जिल्लाका ११४ वटै गाविस र एक नगरपालिकाका ६ लाख १४ हजार ५ सय २९ जनालाई हातीपाइले रोग बिरुद्धको औषधी खुवाईदैछ ।
शनिवारबार निर्धारित स्थानमा स्वास्थ्यकर्मी र स्वंसेवकहरुले औषधी खुवाईनेछ भने माघ २६ र २७ गते घरघरमा पुगेर औषधी खुवाइनेछ ।
औषधी खुवाईने पहिलो दिन शनिवार आज राजविराजस्थित गजेन्द्र चौकमा कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई सामूहिक रुपमा औषधि खुवाई कार्यक्रमको उद्घाटन गरिदैछ ।
गर्भवती, सात दिनसम्मका सुत्केरी, दीर्घरोगीहरु र ७० वर्र्षमाथिका वृद्धवृद्धा बाहेक सबैलाई हातीपाइले रोग बिरुद्धको औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बिजयकुमार झाले जानकारी दिनुभयो ।
जिल्लाबाट हात्तीपाइले रोग उन्मूलन गर्न छ चरणमा औषधि खुवाउने अभियानअन्तर्गत चौथो चरणको औषधि वितरण गर्न लागिएको बताउँदै प्रमुख झाले पहिलो दिन निर्धारित स्थानमा र छुटेकालाई घरमै पुगेर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइने बताउनुभयो ।
सप्तरीमा २०६७ मा ६७ प्रतिशतलाई, २०६८ मा ७२ प्रतिशत र २०६९ मा नेपालमै सबैभन्दा बढी ८८ प्रतिशत व्यक्तिलाई हात्तीपाइलेको औषधि खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सरकारले सन् २०२० सम्ममा मुलुकबाटै हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएकोकाले यो अभियान अन्तर्गत करिब ९० प्रतिशत व्यक्तिलाई ओषधी खुवाइने लक्ष्य रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ