News Category 2070/10/26
प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेको कुख्यात अपराधि पासवान पक्राउ
राजविराज÷प्रहरीको सर्वाधिक खोजी सूचिमा रहेका कुख्यात अपराधि हरि पासवान सप्तरीको गोबरगाढा गाविसबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको विशेष टोलीले गोप्य सुचनाको आधारमा जिल्लाको इनर्वा गाविस ९ निवासी ५२ वर्षिय पासवानलाई शुक्रबार साँझ भारतीय सीमावर्ती क्षेत्र गोबरगाढा ४ स्थित पलार क्षेत्रबाट पक्राउ गरेको सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रहरी उपरिक्षक अमात्यले पक्राउ परेका पासवानका साथबाट लोड गरिएको नल कटुवा पेस्तोल एक थान र चार राउण्ड गोली समेत बरामद गरिएको बताउनुभयो ।
पासवानलाई सार्प सुटरको रुपमा सशस्त्र समूहका जयकृष्ण गोइत, ज्वाला सिंह लगायतले आतंक मचाउन प्रयोग गरिरहेको दाबी समेत उहाँले गर्नुभयो ।
२०६४ साल असार २० गते सप्तरीको बभनगामाकट्टी गाविस ९ स्थित कुनौली सडक खण्डमा सशस्त्र प्रहरी बल दन्तकालि गण बरमझियाबाट खटेका प्रहरी टोलीका सहायक हवल्दार राम यादवलाई गोली हानी हत्या गरेको, सप्तरीको बथनाहा गाविस–८ घरभई इनरुवा–५ मा औषधी पसल सञ्चालन गर्दै आएका टेक नारायण भनिने मनोज झाको २०६७ असार २ गते अपहरण गरेको लगायतका बिभिन्न अपराधिक घट्नाहरुमा पासवान संलग्न रहेको प्रहरी उपरिक्षक अमात्यले बताउनुभयो ।
यस्तै २०६० साल पुस २७ गते गस्तिमा खटिएको प्रहरी टोलीमाथी पासवानले गोली प्रहार गरेपछि एकजना प्रहरी हवल्दार घाइते भएका थिए भने २०५७ साल माघ २७ गते सप्तरीको हनुमाननगर ४ निवासी ताराप्रसाद दासको घरमा डाका गरि धनमाल लुटेर लगेको आरोप समेत रहेको छ ।
यस्तै संविधानसभा २०७० सप्तरी क्षेत्र नं. २ का सद्भावना पार्टीका उम्मेदबार रामबाबु साह र एकजना पत्रकारलाई अपहरण गर्ने प्रयास समेत पासवनाले गरेको तथा गोबरगाढा ३ निवासी शिवन मुखियालाई गोली प्रहार गरि ज्यान मार्ने मुद्दा तथा विभिन्न अपहरण, ज्यान मार्ने मुद्दा, लागु औषध ओसार पोसार, फिरौती, चोरी लगायतको मुद्दा रहेको प्रहरी उपरिक्षक अमात्यले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ