News Category 2070/10/26
दुर्घटनामा ज्यान गुमाएका दाम्पत्तिका तीनजना छोराछोरीलाई निःशुल्क शिक्षा दिने
राजविराज÷सडक दुर्घटनामा ज्यान गुमाएका सप्तरीको नकटी रायपुर गाविसका राजकुमार यादव र निजकी श्रीमती शिलादेवी यादवकी तीन जना सन्तानलाई ललितपुरको थापा गाउँस्थित संग्रिला आर्फानेहोमले निःशुल्क पालन पोषणसहित पढाउने भएको छ ।
मृतकका सात जना सन्तानहरु मध्ये ७ बर्षीया निर्मला यादव, ६ बर्षीया पुष्पा यादव र ५ बर्षीय कृष्णा यादवलाई जिल्ला बाल कल्याण समिति सप्तरीको पहलमा सो सन्तानले पालन पोषण सहित उचित शिक्षा दिलाउने भएको महिला तथा बालबालिका कार्यालय सप्तरीका प्रमुख शुशिला चौधरीले जानकारी दिनुभयो ।
यसअघि सातजना टुहुरा बालबालिकाहरुलाई काठमाण्डौको धापासी ग्रिनल्याण्ड निवासी माया शेर्पा सहयोग स्वरुप नगद रु. ५० हजार, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका सभासद् डा. बाबुराम पोखरेलले नगद रु. ३० हजार सहयोग प्रदान गर्नुभएको थियोे ।
यस्तै मृतक यादव दम्पतिलाई ठक्कर दिने मोटरसाईकल चालक बिराटनगर उपमहानगरपालिका ११ निवासी शंकर बस्नेतले मृतका सातजना सन्तानको लालनपालन र शिक्षाका लागि नगद रु. ३ लाख ५० हजार सहयोग प्रदान गरेको थियो ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रायपुर गाविस ८ अन्तरगत रुपनीस्थित खाँडो खोलामा ना.२०प. ६५६४ नम्बरको मोटरसाइकलले सप्तरीको रायपुर गाविस ६ निवासी ३२ वर्षिय राजकुमार यादव र उनकी २५ वर्षिया श्रीमती शिलादेवी यादव सवार साइकललाई ठक्कर दिदाँ पुस २० गते उनीहरुको मृत्यु भएपछि निजका सात जना सन्तानहरुको कन्तबिजोक भएको समाचार सार्वजनिक भएपछि उक्त संस्थाले निजको तीन जना सन्तालाई पालन पोषण र शिक्षा दिलाउने भएको हो ।
यता स्थानियहरुको सहयोगमा टुहुरा बालबालिकाहरुलाई सहयोगार्थ रकम जुटाउन राजविराजस्थित सनराइज बैंकमा खाता खोलिएको छ ।
मृतक यादवकी जेठी छोरी दुर्गा यादव र माइली छोरी दिपिकाको नाम खोलिएको उक्त बैंकको खाता नम्बर ०२४१०२३३६८९०१८ मा सहयोग स्वरुपको रकम जम्मा गरिदिन सबैसँग पीडित परिवारले आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ