News Category 2076/02/28
जिल्ला स्तरीय व्याडमिन्टन असार ३० बाट राजविराजमा हुने
दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
जिल्ला ब्याडमिन्टन संघ सप्तरी र हिमालय क्लब राजबिराजको संयुक्त आयोजनामा आउँदो असार ३० बाट राजविराजमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
चार बिद्यामा आयोजना हुने प्रतियोगितामा नगरस्तरीय, जिल्ला स्तरीय, भेट्रान्स (४२ माथी) तथा सुपर भेट्रान्स (५० माथी) को आयोजना हुने आयोजक समितिका सहसंयोजक बिष्णु यादवले जानकारी दिएका छन् ।
नकआउटको आधारमा खेलाइने प्रतियोगितालाई भव्यता रुपमा सम्पन्न गराउन भोलानाथ कसेराको संयोजकत्वमा बिष्णु यादव, आयुश श्रेष्ठ, निरज कर्ण र संजय दास लगायतको उपसमितिको गठन गरिएको छ ।
त्यसै गरि संजय जोशिको संयोजकत्वमा प्रकाश मल्ल र रमेश श्रेष्ठ रहने गरि निर्णायक समितिको गठन गरिएको छ भने राजकुमार परियारको संयोजकत्वमा सुनिलय परियार र संजय दास रहने गरि कर्भड हल व्यवस्थापन समिति गठन गरिएको छ ।
त्यस्तै शंकर दासको संयोजकत्वमा अरुण शारदा र शंकर साह रहने गरि अतिथी सत्कार समितिको गठन गरिएको छ ।
असार ३२ गते सम्म संचालन हुने प्रतियोगिता हिमालय क्लबको कर्भड हलमा संचालन हुने भएको छ । करिव १ सय खेलाडिले सहभागिता जनाउने छ भने १ लाख ५० हजारको अनुमानित खर्च हुने जानकारी प्रतियोगिता संयोजक भोलानाथ कसेराले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ