News Category 2076/02/28
जिल्ला स्तरीय व्याडमिन्टन असार ३० बाट राजविराजमा हुने
दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
जिल्ला ब्याडमिन्टन संघ सप्तरी र हिमालय क्लब राजबिराजको संयुक्त आयोजनामा आउँदो असार ३० बाट राजविराजमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
चार बिद्यामा आयोजना हुने प्रतियोगितामा नगरस्तरीय, जिल्ला स्तरीय, भेट्रान्स (४२ माथी) तथा सुपर भेट्रान्स (५० माथी) को आयोजना हुने आयोजक समितिका सहसंयोजक बिष्णु यादवले जानकारी दिएका छन् ।
नकआउटको आधारमा खेलाइने प्रतियोगितालाई भव्यता रुपमा सम्पन्न गराउन भोलानाथ कसेराको संयोजकत्वमा बिष्णु यादव, आयुश श्रेष्ठ, निरज कर्ण र संजय दास लगायतको उपसमितिको गठन गरिएको छ ।
त्यसै गरि संजय जोशिको संयोजकत्वमा प्रकाश मल्ल र रमेश श्रेष्ठ रहने गरि निर्णायक समितिको गठन गरिएको छ भने राजकुमार परियारको संयोजकत्वमा सुनिलय परियार र संजय दास रहने गरि कर्भड हल व्यवस्थापन समिति गठन गरिएको छ ।
त्यस्तै शंकर दासको संयोजकत्वमा अरुण शारदा र शंकर साह रहने गरि अतिथी सत्कार समितिको गठन गरिएको छ ।
असार ३२ गते सम्म संचालन हुने प्रतियोगिता हिमालय क्लबको कर्भड हलमा संचालन हुने भएको छ । करिव १ सय खेलाडिले सहभागिता जनाउने छ भने १ लाख ५० हजारको अनुमानित खर्च हुने जानकारी प्रतियोगिता संयोजक भोलानाथ कसेराले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ