News Category 2070/10/27
दुव्र्यवहार नगर्ने एसपीको प्रतिबद्धतापछि पत्रकारहरुको आन्दोलन स्थगित
दैनिक संवाददाता
राजविराज, २६ माघ ।
कुनै पनि पत्रकारलाई दुव्र्यवहार नगर्ने सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले प्रतिबद्धता जनाएपछि सप्तरीका पत्रकारहरुले प्रहरी बिरुद्ध जारी राखेको आन्दोलन आइतवारदेखि स्थगित गरेको छ ।
नेपाल पत्रकार महासंघका पदाधिकारी र महासंघका पुर्वसभापतिहरुसँगको वार्तामा प्रहरी उपरिक्षक अमात्यले पत्रकार महासंघलाई सम्मान गर्दै अब उप्रान्त कुनै पत्रकारलाई दुव्र्यवहार नगर्ने प्रतिबद्धता जनाएपछि पत्रकारहरुले आन्दोलन स्थगित गरेका हुन् ।
सबै पत्रकारहरुलाई सम्मान रुपमा व्यवहार गर्ने र पत्रकारहरु प्रति कुनै किसिमको पुुर्वाग्रही नराख्ने प्रहरी प्रमुखको प्रतिबद्धता पश्चात आइतबारदेखि आन्दोलन स्थगित गरेको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किरण गुरुङ र प्रहरी नायव निरीक्षक राम नारायण यादवले महासंघका कार्यसमिति सदस्य सतिश कुमार दत्तलाई गत पुस २३ गते राति बिना कसुर नियन्त्रणमा लिई थुनामा राखेर शारिरीक तथा मानसिक यातना दिएको भन्दै नेपाल पत्रकार महासंघको अगुवाईमा पत्रकारहरुले प्रहरी प्रशासनको औपचारिक कार्यक्रम बहिष्कार लगायतका बिभिन्न आन्दोलन गर्दै आएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ