News Category 2070/10/27
दुव्र्यवहार नगर्ने एसपीको प्रतिबद्धतापछि पत्रकारहरुको आन्दोलन स्थगित
दैनिक संवाददाता
राजविराज, २६ माघ ।
कुनै पनि पत्रकारलाई दुव्र्यवहार नगर्ने सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले प्रतिबद्धता जनाएपछि सप्तरीका पत्रकारहरुले प्रहरी बिरुद्ध जारी राखेको आन्दोलन आइतवारदेखि स्थगित गरेको छ ।
नेपाल पत्रकार महासंघका पदाधिकारी र महासंघका पुर्वसभापतिहरुसँगको वार्तामा प्रहरी उपरिक्षक अमात्यले पत्रकार महासंघलाई सम्मान गर्दै अब उप्रान्त कुनै पत्रकारलाई दुव्र्यवहार नगर्ने प्रतिबद्धता जनाएपछि पत्रकारहरुले आन्दोलन स्थगित गरेका हुन् ।
सबै पत्रकारहरुलाई सम्मान रुपमा व्यवहार गर्ने र पत्रकारहरु प्रति कुनै किसिमको पुुर्वाग्रही नराख्ने प्रहरी प्रमुखको प्रतिबद्धता पश्चात आइतबारदेखि आन्दोलन स्थगित गरेको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किरण गुरुङ र प्रहरी नायव निरीक्षक राम नारायण यादवले महासंघका कार्यसमिति सदस्य सतिश कुमार दत्तलाई गत पुस २३ गते राति बिना कसुर नियन्त्रणमा लिई थुनामा राखेर शारिरीक तथा मानसिक यातना दिएको भन्दै नेपाल पत्रकार महासंघको अगुवाईमा पत्रकारहरुले प्रहरी प्रशासनको औपचारिक कार्यक्रम बहिष्कार लगायतका बिभिन्न आन्दोलन गर्दै आएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ