News Category 2076/03/03
रुपनी र डाक्नेश्वरी बिजयी
दैनिक समाचारदाता
राजविराज, ३ असार ।
राजविराजमा जारि दोश्रो मेयर कप सप्तरी प्रिमियर लिगको मंगलबार सम्पन्न खेलहरुमा रुपनी राइडर्स र डाक्नेश्वरी ड्रागन बिजयी भएका छन् ।
महबुब आलम कप्तान रहेको रुपनी राइडर्सले तिलाठी कोइलाडीलाई ५ विकेट र पुष्प थापा कप्तान रहेका डाक्नेश्वरी ड्रागनले बोदेबर्साइनलाई ७ विकेटले पराजित गरेको हो ।
वर्षाका कारण मैदान भिजेकोले ५ ओवरको खेल खेलाइएको थियो । पविमावि खेल मैदानमा सम्पन्न पहिलो खेलमा टस हारेर ब्याटिंङ गरेको रुपनी राइडर्सले निर्धारित ५ ओभरमा ८ विकेट गुमाएर ३२ रनको योगफल तयार पारेको थियो ।
रुपनीका लागि महबुब आलमले १० रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । बलिङतर्फ तिलाठी कोइलाडीका बलर अनिल यादबले ३ विकेट, रोहित सिंहले २ विकेट तथा कमल ओलीले १ विकेट लिएका थिए ।
सो लक्ष्य पछ्याउँदै तिलाठी कोइलाडीले बिना विकेटको नोक्सानीमा ५ ओवरमा मात्र २७ रन बनाउन सफल भयो । जसमा सुनिल धमला र कप्तान रोहन बिक क्रमशः ११ र १२ रन बनाएर अविजित रहे पनि जित खेल जित्न सकेनन् ।
यता रुपनीका बलर गोमानन्द अमात्यले १ ओभरमा मात्र ४ रन, प्लेयर अफ द म्याच चुनिएका अनोज यादबले २ ओभरमा ८ रन तथा सैदुल्लाह अन्सारीले २ ओभरमा १३ रन दिएका थिए ।
यस्तै दोश्रो खेलमा पहिले ब्याटिंङ गर्दै बोदेबर्साइनले दिएको १ सय १९ रनको लक्ष्य डाक्नेश्वरी ड्रागनले १८ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।
जसमा बिशाल सुश्लिंगले अविजित ३५ रन बनाएका थिए भने कप्तान पुष्प थापाले अविजित २९ र दिपेश कंडेलले २४ रन बनाएका थिए । यता बलिङमा बोदे बर्साइनका मिनास थापा, ओपन राई र मन्जित श्रेष्ठले १÷१ विकेट लिएका थिए ।
बोदेका लागि कप्तान मन्जित श्रेष्ठले २४, मुकुन्द यादबले २०, पवन दासले १५ तथा आदर्श यादबले अविजित १७ रन बनाएका थिए । यता डाक्नेश्वरीका बलर चित्र बहादुर थापा, रोबिन सिंह र दिपेश कंडेलले २÷२ विकेट लिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ