News Category 2076/03/05
मेयर कप सप्तरी प्रिमियर लिगमा तिलाठी र रुपनी बिजयी
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा सप्तरीको राजविराजमा संचालित मेयर कप सप्तरी प्रिमियर लिग सिजन २ अन्तर्गत बुधबार सम्पन्न तेश्रो दिनको खेलमा तिलाठी कोइलाडी जायन्ट र रुपनी राइडर्स बिजयी भएको छ ।
सम्पन्न दोश्रो खेलमा रुपनी राइडर्सले डाक्नेश्वरी ड्रागनलाई ३२ रनले पराजित गरेको हो । यो जितसँगै रुपनी अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ ।
पहिले ब्याटिंग गर्दै रुपनीले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याउने क्रममा डाक्नेश्वरीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्रै बनाउन सक्यो । डाक्नेश्वरीको लागि प्रेम तामांगले १८ तथा अविनाश कर्ण र राहुल मण्डलले समान १५ रन बनाएका थिए । यता बलिङतर्फ रुपनीका प्रदिप पासवानले ३ विकेट लिए भने अनोज यादब र सैदुल्लाह अन्सारीले २÷२ विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटिंग गरेको रुपनी राइडर्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १४४ रनको योगफल तयार गरेको थियो । रुपनीको लागि सोनु अन्सारीले ४४ रन बनाए भने अनोज यादबले ३६ तथा कप्तान मेहबुब आलमले १६ बनाएका थिए । डाक्नेश्वरी ड्रागनको लागि बलिंगमा दिपेश कंडेलले ३ विकेट, पुष्प थापा र प्रेम तामांगले २÷२ विकेट लिएका थिए । सो खेलको प्लेयर अफ द म्याच अनोज यादव घोषित भए ।
त्यस्तै पहिलो खेलमा तिलाठी कोइलाडी जायन्टले बजाज खडक वारियर्सले दिएको १ सय ३२ रनको लक्ष्य तिलाठी कोइलाडीले मात्र २ विकेट गुमाएर २४ बल बाँकी छदै पुरा गर्यो ।
तिलाठी कोइलाडीको जितमा सुनिल धमलाले अविजित ८४ रन, सुरज पटेलले ३४ रन बनाएका थिए । यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो ।
वारियर्सको लागि कप्तान राजेश पुलामीले ५०, अमित दासले २६, अमल दासले १७ तथा सुधिर चौधरीले १२ रन बनाए । तिलाठी कोइलाडीको लागि सुनिल धमला र कमल ओलीले समान २÷२ विकेट तथा रोहित सिंह, अनिल यादब र विकास दासले १÷१ विकेट लिए । सो खेलमा सुनिल धमला खेलको प्लेयर अफ द म्याच भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ