News Category 2076/03/07
रुपनी मेयर कपको फाइनलमा
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
राजविराजमा जारि दोश्रो मेयर कप टि–ट्वाइन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा रुपनी राइडर्स प्रवेश गरेको छ ।
राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा पबिमाबिको क्रिकेट मैदानमा संचालित उक्त प्रतियोगितामा शुक्रबार सम्पन्न खेलमा रुपनी राइडर्सले बोदे बसाईनलाई पराजित गर्दै फाइनमा स्थान पक्का गरेको हो ।
यता शुक्रबारै सम्पन्न अर्को खेलमा डाक्नेश्वरी ड्रागनले बजाज खडक वारियर्सलाई पराजित गरेको छ । अंक तालिमा रुपनी ७ अंकसहित शिर्ष स्थानमा रहेको छ । दोश्रो स्थानमा भने डाक्नेश्वरी, तेश्रोमा तिलाठी कोयलाडी, चौथोमा बोदेबरसाईन र पाँचौमा सडक रहेको छ ।
लिगको अन्तिम खेलमा शनिबार तिलाठी कोइलाडी र डाक्नेश्वरी ड्रागनबीच हुने तथा सोही खेलका बिजेताले रुपनीसँग फाइनलमा भिड्ने छ ।
शुक्रबार सम्पन्न दोश्रो खेलमा रुपनी राइडर्सले १ सय १२ रनले बोदेबरसाइनलाई पराजित गरेको छ । रुपनीले पहिलो ब्याटिङ गर्दै २७४ रनको बनाएको थियो । सो रनको लक्ष्य पछ्याउदै बर्साइनले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सफल भयो ।
यस्तै पहिलो खेलमा डाक्नेश्वरी ड्रागनले बजाज खडक वारियर्सलाई ५ विकेटले पराजित गरेको छ । पहिले ब्याटिंग गर्दै बजाज खडक वारियर्सले दिएको १२३ रनको लक्ष्य डाक्नेश्वरी ड्रागनले मात्र ५ विकेट गुमाएर १८.५ ओभरमा भेटाउको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ